News Portal

रेडियो सुन्नुहोस्

असहायको सहारा बन्यो प्यूठान नगरपालिका, २८ जना अभिभावक विहिन बालबालिका पढाउँदै

बिबश जि.एम२०८० भदौ २८
९०५ पटक
२०८० भदौ २८

बुबा/आमाको मृत्युपछि अभिभावक विहिन बनेकी प्यूठान नगरपालिका ८ गेजावाङकी सोनिया गिरी १० कक्षा पढ्न मुक्ति माध्यमिक विद्यालय रातामाटामा भर्ना भएकी छन् । प्यूठान नगरपालिकाले अभिभावक विहिन विद्यार्थीलाई आवासीय रुपमा पढाउन लागेकोे खबर पाएपछि सोनिया मुक्ति मा.वि मा पढ्न आएकी हुन् ।
‘३ बर्षको हुँदा मैले बुबाआमा गुमाए, सोनियाले भनिन् “त्यसपछि हामीले बुबाआमाको सहारा पाउन सकेनौ, अनि हामी वेसहारा जस्तै भयौ ।” सोनियाले कक्षा १ देखि ६ सम्म दाङमा पढेकि थिइन । ६/८ दुःख सँग गाउँमै पढिन । जनता मा.वि बाग्दुलामा कक्षा ९ मा अध्ययन गर्दै गर्दा प्यूठान नगरपालिकाले निःशुल्क पढाउने भन्ने सुनेपछि १० कक्षा पढ्न रातामाटामा आएको बताइन् ।

प्यूठान नगरपालिका ३ कुवापानी घर भएका एकै घरका ३ जना बालबालिकाहरु पनि रातामाटामै पढ्दै छन् । उनीहरुको अवस्था पनि सोनियाकै जस्तो हो । बुबा भारतमा काम गर्न गएपछि अहिलेसम्म फर्केका छैनन् । आमाले सानैमा छोडेर अर्कोसंग विवाह गरिन । तीन बालबालिका मध्ये कक्षा ५ मा पढ्ने बर्षा खड्काले आफन्त बाहेक बाहिर काम गर्दै पढ्दै आएको बताईन् । ‘घरको अभिभावक नै नभएपछि गाह्रो हुँदोरहेछ, “बर्षाले भनिन्’ त्यसैले हामी बाहिर काम गरेर पढ्न बाध्य थियौ ।”

यस्तै प्यूठान नगरपालिका ९ मरन्ठानाका अर्जुन रोका क्षेत्रीले नगरपालिकाले यो कार्यक्रम लिएपछि खुसी भएको बताए । उनी अहिले कक्षा ५ मा अध्ययन गर्दैछन् । ‘हामीजस्तो अभिभावक नभएकाहरुका लागि नगरपालिका अभिभावक नै बनेको छ, “अर्जुनले भने, ‘घरमा आर्थिक अभावका कारण हामीले राम्रोसँग पढ्न पाएका थिएनौ । अहिले हाम्रो लागि सबै सुविधा उपलब्ध भएपछि पढ्न सहज भएको छ ।”

विद्यालयले सञ्चालन गरेको होस्टेलमा बसेर पढ्दा विद्यार्थीको पढाई पनि सुधार हुँदै गएको विद्यालयले जनाएको छ । हिजोआज विद्यार्थी बिदा हुँदा समेत घरमा जान जांगर गर्न छाडेको शिक्षक बिष्णुकान्त मिश्रले बताए । वार्डेन मिश्रका अनुसार उनीहरु रमाउँदै, एकआपसमा छलफल गरि पढ्ने बानी पर्न थालेको छ ।

छात्राबास व्यवस्थापन समितिका अध्यक्ष बेद प्रसाद पौडेलले अभिभावक विहिन बालबालिकालाई सहारा बनेर प्यूठान नगरपालिकाले राम्रो काम गरेको बताए । विद्यालयमा अभिभावक विहिन बालबालिका पढाउने काम विद्यालयको लागि थप जिम्मेवारी थपिएको उनले बताए । विद्यार्थीलाई रमाईलोपनको आभास गराउँदै अभिभावकले जस्तै मायामोह दिएर विद्यार्थीलाई पठनपाठन गराउने गरेको बताए ।

प्यूठान नगरपालिकाले यसै शैक्षिक सत्रदेखि नगरपालिकाभित्र रहेका अभिभावक विहिन विद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाउन सुरु गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेका अभिभावक विहिन विद्यार्थीहरुलाई माध्यमिक शिक्षा कक्षा १२ सम्म निःशुल्क रुपमा पढाउन सुरु गरिएको प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले बताए ।

नगरपालिकामा रहेका बालबालिका कोही पनि शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने सोचले उनीहरुलाई त्यस्तो व्यवस्था गरिएको योगिको भनाई छ । विद्यार्थीलाई पठनपाठन गर्न लाग्ने सबै खर्चको श्रोत सुनिश्चितता प्यूठान नगरपालिकाको नगर सभाले गर्ने गरेको प्यूठान नगरपालिकाले जनाएको छ ।

मुक्ति माध्यमिक विद्यालय रातामाटा प्यूठानमा विद्यार्थीहरुले होस्टेल सहित शैक्षिक सत्र २०८०/०८१ देखि पढाई सुरु गरेका छन् । हाल विद्यालयमा अभिभावक विहिन १५ छात्रा र १३ छात्र गरी २८ जनाले अध्ययन गर्दै गरेको विद्यालयले जानकारी दियो । नगरपालिकाले पठनपाठनका सामग्रीसँगै, खाजा, खाना,आवास, आवश्यक अनुसार व्यक्तिगत सरसफाईका सामग्री, विरामी पर्दा प्राथमिक उपचार र  अतिरिक्त क्रियाकलाप लगायतको सुविधा अभिभावक विहिन बालबालिकालाई उपलब्ध गराएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...