News Portal

रेडियो सुन्नुहोस्

विराज भट्ट अाउदै ‘साङ्लो’ लिएर

सिखबर संवाददाताकार्तिक १५ काठमाण्डाैं
१७८४ पटक
कार्तिक १५ काठमाण्डाैं

कुनै समय नायकको रुपमा राज गरेका अभिनेता विराज भट्ट नेपाली सिनेमामा आफ्नो राम्रो क्रेज हुँदा हुँदै भोजपुरी सिनेमामा प्रवेश गरे । उनलाई त्यहाँ पनि राम्रो सफलता मिल्यो ।

नेपाली सिनेमापछि भोजपुरीमा गए पनि विराजले नेपाली सिनेमालाई भने भुल्न सकेनन् । केही वर्षको अन्तरालमा उनले रोज राणाको सिनेमा ‘जय परशुराम’मार्फत नेपाली सिनेमामा कमब्याक गरे । तर उनलाई यो सिनेमामा दर्शकले साथ मिलेन । यो सिनेमा चलेन । सिनेमा नचलेपछि विराज फेरि हराए । तर आफ्नो कमब्याकलाई दर्शकले त्यति साथ नदिए पनि विराजले नेपाली सिनेमामा आफ्नो सक्रियता भने नछोड्ने भएका छन् ।

यसैलाई निरन्तरता दिनको लागि उनी अब नयाँ सिनेमा निर्देशनमा जुट्ने भएका छन् । सिनेमा ‘साङ्लो’ मार्फत विराज फेरि दर्शकमाझ आउन लागेका हुन् ।

प्रेम र पारिवारिक कथामा तयार हुने यो सिनेमालाई रमाइलो बनाउने विराजको योजना छ । यो सिनेमाका लागि हाल एक जना नायिकाको खोजी भइरहेको छ ।

त्यस्तै सिनेमाको संगीतको तयारी भने सकिईसकेको छ । सिनेमाका लागि राजनराज सिवाकोटी, सुरेश अधिकारी र विनोद खम्बुले ३ वटा गीत तयार पारिसकेका छन् । अहिले सिनेमाको कथामा काम भैरहेका कारण सिनेमा फ्लोरमा जान केही समय लाग्ने बुझिएको छ ।
उज्यालाे अनलाइनवाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...