News Portal

रेडियो सुन्नुहोस्

नेकपा प्यूठानद्धारा निर्वाचित जनप्रतिनिधिको भेला सम्पन्न

सिखबर संवाददाता१६ कार्तिक, प्यूठान
११३० पटक
१६ कार्तिक, प्यूठान

नेपाल कम्यूनिष्ट पार्टीले प्यूठानस्थित पार्टीसम्वद्ध जनप्रतिनिधिहरुको भेला सम्पन्न गरेको छ। जनप्रतिनिधी र पार्टीको विचमा सम्वन्ध स्थापित गर्न र पार्टीको घोषणाअनुसार नितिनिर्मार्ण, विकासनिर्माण लगायतका कार्यहरु अगाडि वढाउने उद्धेश्यका साथ भेलाको आयोजना गरिएको नेकपा प्यूठानका कार्यदलका सदस्य नेता धनवहादुर रायमाझिले वताए।

विकास निर्माणको सवालमा जनताको अपेक्षा र विगतको निर्वाचनमा गरिएको प्रतिवद्धता र घोषणाको जगमा काम अगाडि वढाउने विषयमा छलफल भएको थियो। निर्वाचित जनप्रतिनिधीहरुले तत्काल पार्टीको तल्लो तहसम्मको कमिटी वनेपछी पार्टीसंगको समन्वयमा प्रभावकारी काम गर्न सकिने सुझाव दिएको रायमाझिले वताए।

तुलसिराम शर्माको अध्यक्षता र कृष्ण अधिकारी प्रकासकोे सञ्चालनमा सुरु भएको कार्यक्रमको प्रमुख अथिती नेपाल कम्यूनिष्ट पार्टीका स्थायि समिती सदस्य मणि थापा रहनुभएको थियो। विहिवार सम्पन्न भेलामा प्यूठान जिल्लावाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णध्वज खडका, जिल्ला समन्वय समितिका सदस्यहरु, गाउंपालीका तथा नगरपालीकाका प्रमुख, वर्डाअध्यक्ष लगायत नेकपा सम्वद्ध जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...