News Portal

रेडियो सुन्नुहोस्

कानुनको पालना र सरकारी आम्दानिका लागि हुलाकमार्फत ढुवानि सुनिस्चित गर्दैछौं: महानिर्देशक अधिकारी

सुजाता भण्डारी२०८० कार्तिक १४, काठमाडौँ
५२१ पटक
२०८० कार्तिक १४, काठमाडौँ

हुलाक सेवा विभागले बिहिवार सरकारी चिठ्ठीपत्र र कागजात हुलाक मार्फत पठाउने सुनिश्चित गर्ने व्यवस्था सम्बन्धी सरोकारवालाहरुसँग एक १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विभागले २५ भन्दा बढी विभाग स्तरिय कार्यालयहरुलाई आमन्त्रित गरी आफ्नै सभाहलमा कार्यक्रम गरेको थियो।

विद्यमान हुलाक सेवालाई आधुनिक रुपमा विकास गर्न हुलाक सेवाको सिप र क्षमतामा विकास गरी सबै निकायसँग समन्वय र सहकार्य गरी हुलाकको प्रवर्द्धन गर्न जोड गर्दै र सबै सरकारी हुलाक वस्तु सरकारी हुलाक सेवाबाट ढुवानी र वितरण गर्दा एक तिर भरपर्दो सेवा उपलब्ध हुने र अर्को तर्फ एउटा सरकारी निकायको हुलाक सम्बन्धी खर्च अर्को सरकारी निकायको आम्दानीका रुपमा प्राप्त हुने हुँदा यसबाट कानुनको पालना पनि हुने र सरकारी आम्दानी पनि हुने विभागका महानिर्देशक प्रदिपराज अधिकारीले बताए।

कार्यक्रममा हुलाक सेवा ऐन १०१९ को परिच्छद २ को दफा ३ मा उल्लेखित चिठीपत्रहरु ओसारपसार गर्ने एकाधिकार नेपाल सरकारमा रहेको छ। सो को कार्यान्वयन सन्दर्भमा मिति २०८० असोज १ गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी चिठीपत्र र कागजात हुलाक मार्फत पठाउने व्यवस्था सुनिश्चित गर्ने निर्णय गरेको थियो । सो निर्णय वमोजिम हुलाक सेवा विभागले सरकारी चिठीपत्र र कागजात हुलाक मार्फत पठाउने सुनिश्चित गर्नका लागि मातहतका हुलाक कार्यालयमा सम्बन्धित जिल्लाका सरकारी कार्यालयहरुसँग समन्वय  र सहकार्य गरी हुलाकबाट नै ढुवानीको व्यवस्था मिलाउने सम्बन्धमा परिपत्र भइसकेको विभागका शाखा अधिकृत मनोज कुमार रजकले जानकारी गराए ।

सोही कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्य र शाखा अधिकृत मनोज कुमार रजकले उक्त विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी कार्यक्रममा स्थानीय पुर्वाधार विभागका उपमहानिर्देशक महेश चन्द्र न्यौपाने, निर्वाचन आयोगका शाखा अधिकृत अच्युत दाहाल र मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

वक्ताहरुले हुलाकले हालसम्म गर्दै आएका कतिपय कार्यहरु प्रति सरोकारवालाहरू जानकार नरहेको धारणा व्यक्त गरे । सहभागीहरुले सरकारी हुलाक सेवाको प्रयोगमा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल सरकारले हुलाक सेवाको पुर्न संरचना गर्ने निति लिएको छ। विद्यमान सेवा प्रवाहमा सुधारलाई तिव्रता दिएको विभागले वताएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...