News Portal

रेडियो सुन्नुहोस्

जसले बनाए बिजुवारको कालिका मन्दिर

गिरुप्रसाद भण्डारी२०८० पुस १३
१३९० पटक
२०८० पुस १३

प्यूठान–साविकको बिजुवार गाविस ७ टारीका गोपाल र रमा भण्डारी बसाई सरेर कैलालीको धनगढी गएको ५४ वर्ष बढिभयो । साथीभाई दौतरीलेसंगै खेलेको, डुलेको भुलिसकेहोलान् । तर,उनीहरुले आफ्नो जन्मथलो,साथीभाई भुल्न सकेनन् । २०२६ सालमा बसाईसरेका गोपाल भण्डारीले पाँच दशकपछि जन्मथलोको मायाले प्यूठान नगरपालिका–४, बिजुवार स्थित कालिका भगवती मन्दिर लाखौँ रुपैयाँ खर्च गरेर पूनर्रनिर्माण गरेका छन् ।

बिजुवारका स्थानीय बिज्ञानबहादुर कर्मचार्यको आग्रहमा पूरातत्व विभागको डिजाइन स्टिमेट अनुसार ६ सय वर्ष पूरानो कालिका भगवतीको मन्दिर भण्डारी परिवारले निर्माण गरेका हुन् । गोपाल र रमा भण्डारीले ५० लाख बढि रकम खर्च गरेर कालिका भगवतीको मन्दिर निर्माण गरेको प्यूठान नगरपालिकाका निवर्तमान नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

२०७६ सालबाट निर्माण थालेको मन्दिर हिजोआज निर्माण सम्पन्न भएर रङरोगनले चिटिक्क देखिएको छ । ‘जगदेखिनै सबै निर्माणको लागत हामीले व्यहोरेका छौ,’गोपाल भण्डारीले भने, ‘पूरानो डिजाइन अनुसार निर्माण गरिएको छ ।’ जन्मथलो र साथीभाईको मायाले सधैंको सम्झनाको लागि मन्दिर निर्माण गरेको ७७ वर्षीय गोपाल र ७१ वर्षीय रमाले सुनाए । ३ छोरा र १ छोरीहरुको सल्लाहमा प्यूठानको कालिका मन्दिर निर्माण गरेको रमाले बताइन् । मन्दिर निर्माणको चरणमा रेखदेख गर्न रमा र गोपाल आफै खटेको स्थानीय शरेन्द्रराज अधिकारीले बताए ।

जिल्लाको मुख्य बजारी केन्द्र मानिने बिजुवारको कालिका मन्दिरमा दसै तिहार, चैते दसै, माघेसक्रान्ति लगायत मुख्य/मुख्य चाडपर्वमा ठूलो संख्यामा भक्तजन कालिका भगवतीको दर्शनका लागि आउने गर्दछन् । यो भन्दा पहिले यो मन्दिर जिर्ण हुँदा साविक बिजुवार ७ टारीकै दुर्गाप्रसाद सुबेदीले मन्दिर मर्मत गरेको शिलालेखमा उल्लेख छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...