News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी बहुमुखी क्याम्पसको १२औं क्याम्पस सभा सम्पन्न

बिबश जि.एम२०८० पुस २१
७८० पटक
२०८० पुस २१

स्वर्गद्धारी बहुमुखी क्याम्पसको १२औं क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । सभामा सम्बोधन गर्ने बक्ताहरुले क्याम्पसको समग्र सुधारको लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको औल्याएका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सांसद तुल्सीराम शर्माले सरकारले गरेका गल्तीलाई पनि तालि बजाए देश खतराको दिशामा जान सक्ने बताए । प्रदेश सरकारले शिक्षाको विषयमा ऐनकानुन बनाउने तयारीमा रहेको भन्दै सासंद शर्माले ऐनकानुन बनेपछि शिक्षाको समस्याको विषयमा प्रदेशमा घचघच्याउने बताए ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले स्वर्गद्धारी बहुमुखी क्याम्पस जिल्लाका अन्य क्याम्पसहरुको अभिभावक भएको बताइन् । जिल्लामा सबैभन्दा पहिले स्थापना भएको स्वर्गद्धारी क्याम्पस भएकाले यो क्याम्पस जिल्लाका अन्य क्याम्पसको अभिभावकको भूमिका निर्वाहा गर्नुपर्ने बताइन् ।

क्याम्पस सञ्चालक समितीका अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्काले क्याम्पसलाई व्यवस्थित बनाउन समिति लागि परेको बताए । राम्रो कामको प्रसंशा र बिकृतिलाई सुझावको रुपमा लैजान सके क्याम्पसलाई सुधार गर्न सकिने खड्काले बताए । आरोपप्रत्यारोपले कहिल्यै सहि गन्तव्यमा पुग्न नसकिने खड्काको भनाई थियो ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सीले जहिल्यै पनि समस्या मात्र औल्याउने प्रवृतिले समस्याको समाधान नहुने धारणा राखे । गुनासो मात्र नभई समस्या के कारणले हो भन्ने त्यसको बृस्तृत रुपमा छलफल गर्न आवश्यक रहेको बताए । क्याम्पस सञ्चालन गर्नको लागि त्यस सम्बन्धी छुट्टै कार्यविधि प्रदेश सरकारले बनाउन पर्ने जि.सी ले बताए । यसको लागि लुम्बिनी प्रदेशका सांसदहरुलाई भूमिका खेल्न आग्रह गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...