News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी बहुमुखी क्याम्पसको १२औं क्याम्पस सभा सम्पन्न

बिबश जि.एम२०८० पुस २१
५२६ पटक
२०८० पुस २१

स्वर्गद्धारी बहुमुखी क्याम्पसको १२औं क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । सभामा सम्बोधन गर्ने बक्ताहरुले क्याम्पसको समग्र सुधारको लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको औल्याएका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सांसद तुल्सीराम शर्माले सरकारले गरेका गल्तीलाई पनि तालि बजाए देश खतराको दिशामा जान सक्ने बताए । प्रदेश सरकारले शिक्षाको विषयमा ऐनकानुन बनाउने तयारीमा रहेको भन्दै सासंद शर्माले ऐनकानुन बनेपछि शिक्षाको समस्याको विषयमा प्रदेशमा घचघच्याउने बताए ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले स्वर्गद्धारी बहुमुखी क्याम्पस जिल्लाका अन्य क्याम्पसहरुको अभिभावक भएको बताइन् । जिल्लामा सबैभन्दा पहिले स्थापना भएको स्वर्गद्धारी क्याम्पस भएकाले यो क्याम्पस जिल्लाका अन्य क्याम्पसको अभिभावकको भूमिका निर्वाहा गर्नुपर्ने बताइन् ।

क्याम्पस सञ्चालक समितीका अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्काले क्याम्पसलाई व्यवस्थित बनाउन समिति लागि परेको बताए । राम्रो कामको प्रसंशा र बिकृतिलाई सुझावको रुपमा लैजान सके क्याम्पसलाई सुधार गर्न सकिने खड्काले बताए । आरोपप्रत्यारोपले कहिल्यै सहि गन्तव्यमा पुग्न नसकिने खड्काको भनाई थियो ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सीले जहिल्यै पनि समस्या मात्र औल्याउने प्रवृतिले समस्याको समाधान नहुने धारणा राखे । गुनासो मात्र नभई समस्या के कारणले हो भन्ने त्यसको बृस्तृत रुपमा छलफल गर्न आवश्यक रहेको बताए । क्याम्पस सञ्चालन गर्नको लागि त्यस सम्बन्धी छुट्टै कार्यविधि प्रदेश सरकारले बनाउन पर्ने जि.सी ले बताए । यसको लागि लुम्बिनी प्रदेशका सांसदहरुलाई भूमिका खेल्न आग्रह गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...