News Portal

रेडियो सुन्नुहोस्

खैरा–दाखाक्वाडी जोड्ने पक्की पुल अलपत्र

झुलेनी नेटवर्क२०८० माघ ७
११३३ पटक
२०८० माघ ७

प्यूठान नगरपालिकाभित्रको सुन्दर गाउँ खैरा दाखाक्वाडी जोड्न झिमरुक नदिमा पक्की पुल निर्माणको काम सुरुमा निर्माण कार्य थाल्दा स्थानीय निकै खुसी थिए । स्थानीयको बर्षौको मागपछि सडक डिभिजन कार्यालय प्यूठानमार्फत पुल निर्माणको काम २०७३ सालदेखि अघि बढेको थियो । पुलले खैरा गाउँ लाई जिल्लाको मुख्य सहायक राजमार्ग भालुबाङ–प्यूठान सडकसँग जोड्थ्यो । पुल बनेपछि नदिका कारण दुर्गम बनेको खैरा गाउँमा समृद्धि ल्याउने स्थानीयले आसा गरेका थिए । तर, पुल निर्माणको काम थालेको बर्षौ बितिसक्दासम्म पूरा भएको छैन् । अलपत्र अवस्थामा छ । काम कछुवा गतिमा भइरहेको छ । पुल अलपत्र पर्दा स्थानीयमा निराशा छाएको छ ।

‘पुल निर्माणको काम थाल्दा सुरुमा खैराबासी निकै हौसियौ,’स्थानीय सामाजिक अगुवा पार्वता आचार्यले भनिन,‘पुलले खैरा गाउँलाई सुगमतातिर उन्मुख गराउने आसा जगाएको थियो । अलपत्र पर्दा सबैमा निराशा छाएको छ ।’ जिल्लाको मुख्य बजार बिजुवारको नजिकैको गाउँ भएर पनि झिमरुक नदिपारीको गाउँ खैरा सधँै पछाडी परेको स्थानीयले गुनासो गर्दछन् । खैरालीहरु हिउँदको समयमा झिमरुक जलबिद्युत आयोजना बुटवल पावर कम्पनीले बनाएको ड्याम कचवयबाट गाडीमा वारपार गर्ने गर्छन ।

बर्खाको ठूलो भेलमा महिनौ गाडी चल्ने अवस्था हुँदैन । ‘बर्खाको समयमा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादन बजार पु¥याउन समस्या हुन्छ,’आचार्यले भनिन, ‘पुल बनेपछि धेरै राहत मिल्थ्यो ।’

हिजोआज खैराबासी दाखाक्वाडी पुग्न गाडीमा चेरनेटा भएर एक घन्टाको घुमाउरो बाटो हिड्छन् । पुल बने खैराबाट ८/१० मिनेट मै दाखाक्वाडी पुग्न सकिन्छ । पुल निर्माण सम्पन्न भए खैरा गाउँको रौनक नै फेरिने गैरसरकारी संस्था महासंघ प्यूठानका निवर्तमान अध्यक्ष तथा स्थानीय नेत्रमणी आचार्यले बताए । ‘सुन्दर गाउँ हुँदाहुँदै पनि यातायातको समस्याले खैराबाट धेरै जनाले गाउँ छाडे,’ उनले भने, ‘पुल निर्माणको काम थालिएपछि गाउँमा बसाईसराई गरेर जाने क्रम रोकिएको थियो । तर, फेरि निराशा बढेको छ ।’ खैरा–दाखाक्वाडी जोड्ने पक्की पुल निर्माणले प्यूठान नगरपालिका– १ को खैरा गाउँका स्थानीयले धेरै लाभ लिने प्यूठान नगरपालिकाका निवर्तमान मेयर अर्जुनकुमार कक्षपतिले बताए । ‘त्यही भएर पुल निर्माणको लागि धेरै पहल गरेका थियौ,’उनले भने । खैरामा डबल लेनको पुल निर्माण हुन थालेपछि यसैलाई आधार मानेर मदन भण्डारी राजमार्गलाई बाग्दुलाबाट खैरा हुँदै लैजाने प्रस्ताव तत्कालिन नगरसभामा गरेको कक्षपतिले बताए ।

खैरामा पाँच स्प्यानको डवल लेनको पुल निर्माण गर्न थालिएको छ । यो पुल निर्माणको लागि निर्माण कम्पनीसँग १४ करोड ५५ लाख ६३ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । निर्माण कम्पनीलाई १२ करोड ७२ लाख ६३ हजार भुक्तानी भइसकेको सडक डिभिजन कार्यालय प्यूठानका लेखा अधिकृत झग बहादुर दसौतीले बताए । २०७७ बैशाख ३० गते निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा नागार्जुन कन्स्ट्रक्सनले लिएको थियो ।

हालसम्म पुलको भौतिक प्रगति ८२ प्रतिशत भएको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख राजिव श्रेष्ठले बताए । ‘निर्माण कम्पनीलाई पछिल्लो पटक थपिएको म्याद पनि सकिन थालेको छ,’ श्रेष्ठले भने, ‘हामीले ताकेता गरीरहेका छौ । निर्माण कम्पनीले तिब्र रुपमा काम गरेको छैन ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...