News Portal

रेडियो सुन्नुहोस्

भिमसेन मा.वि को ४ कोठे भवनको शिलान्यास

बिबश जि.एम२०८० माघ ९
४२२ पटक
२०८० माघ ९

भिमसेन मा.वि को ४ कोठे भवनको शिलान्यास गरिएको छ । मंगलबार सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले विद्यालयको भवन शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष विश्वकर्माले भवनको काम समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । त्यसको लागि विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई समय समयमा अनुगमन गर्न निर्देशन समेत दिएका छन् ।

प्रदेश सरकारबाट २५ लाख र गाउँपालिकाबाट २५ लाख गरी कुल ५० लाखको लागतमा उक्त भवनको निर्माण कार्य सुरु भएको गाउँपालिका प्रवक्ता तथा ४ नं वडाध्यक्ष चिन्ता सोमै मगरले जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म भवन निर्माणको काम सक्ने गरी सरुमारानी ईश्वर निर्माण सेवाले ठेक्का लिएको छ ।

१० कक्षा सम्म सञ्चालन भएको विद्यालयमा हाल २ वटा भवन बाहेक अरु सबै कच्ची भवन रहेको भिमसेन मा.वि का प्रधानाध्यापक हिरा बहादुर दर्लामी मगरले जानकारी दिए । प्रधानाध्यापक दर्लामीका अनुसार हाल निर्माणाधिन अवस्थामा रहेको भवन बाहेक पनि विद्यालयलाई अझै ४ कोठे भवन भए सहज हुने बताएका छन् । यसका लागि जनप्रतिनिधि, सरोकारवाला, बुद्धिजिबी समक्ष माग राखेको पनि जानकारी गराए । २०२५ सालमा स्थापना भएको विद्यालयमा अहिले ५ सय ७५ विद्यार्थी अध्ययनरत रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...