News Portal

रेडियो सुन्नुहोस्

भिमसेन मा.वि को ४ कोठे भवनको शिलान्यास

बिबश जि.एम२०८० माघ ९
५८१ पटक
२०८० माघ ९

भिमसेन मा.वि को ४ कोठे भवनको शिलान्यास गरिएको छ । मंगलबार सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले विद्यालयको भवन शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष विश्वकर्माले भवनको काम समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । त्यसको लागि विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई समय समयमा अनुगमन गर्न निर्देशन समेत दिएका छन् ।

प्रदेश सरकारबाट २५ लाख र गाउँपालिकाबाट २५ लाख गरी कुल ५० लाखको लागतमा उक्त भवनको निर्माण कार्य सुरु भएको गाउँपालिका प्रवक्ता तथा ४ नं वडाध्यक्ष चिन्ता सोमै मगरले जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म भवन निर्माणको काम सक्ने गरी सरुमारानी ईश्वर निर्माण सेवाले ठेक्का लिएको छ ।

१० कक्षा सम्म सञ्चालन भएको विद्यालयमा हाल २ वटा भवन बाहेक अरु सबै कच्ची भवन रहेको भिमसेन मा.वि का प्रधानाध्यापक हिरा बहादुर दर्लामी मगरले जानकारी दिए । प्रधानाध्यापक दर्लामीका अनुसार हाल निर्माणाधिन अवस्थामा रहेको भवन बाहेक पनि विद्यालयलाई अझै ४ कोठे भवन भए सहज हुने बताएका छन् । यसका लागि जनप्रतिनिधि, सरोकारवाला, बुद्धिजिबी समक्ष माग राखेको पनि जानकारी गराए । २०२५ सालमा स्थापना भएको विद्यालयमा अहिले ५ सय ७५ विद्यार्थी अध्ययनरत रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...