News Portal

रेडियो सुन्नुहोस्

बार्षिकोत्सवको अवसरमा १ दिने वित्तिय साक्षरता कार्यक्रम

भुवन विश्वकर्मा२०८० माघ १९
९४८ पटक
२०८० माघ १९

राष्ट्रिय बाणिज्य बैकं बिजुवार शाखा कार्यालयले ५९ औं बार्षिकोत्सवको उपलक्ष्यमा १ दिने वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ । शुक्रबार स्वर्गद्धारी बहुमुखी क्याम्पसमा कार्यक्रम गरेको हो । कार्यक्रममा वित्तिय साक्षरताको परिचय, पैसा कसरी लगानी गर्ने, बचत कसरी गर्ने, बीमा गर्नुको फाईदा र बेफाईदा, बैंकको बारेमा जानकारी लगायतका कुराहरुको बारेमा प्रशिक्षण दिईएको हो । स्नातक तह अध्ययनरत विद्यार्थी, शिक्षक, शिक्षिकाहरुलाई तालिममा सहभागि गराईएको शाखाका शाखा प्रबन्धक दिपेन्द्र सुनारले जानकारी दिए ।

कार्यक्रममा करिब ५० जना बिद्यार्थीहरु सहभागि जनाएको सुनारले बताए । क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । साथै सो अवसरमा स्वर्गद्धारी बहुमुखी क्याम्पसलार्य सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकले एक थान वाटर डिस्पेन्सर प्रदान गरेको आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...