News Portal

रेडियो सुन्नुहोस्

अनेमसंघ प्यूठानको अध्यक्षमा पुनः भगवती खड्का निर्वाचित

झुलेनी नेटवर्क २०८० फागुन २३
४३५ पटक
२०८० फागुन २३

प्यूठान
अखिल नेपाल महिला संघ (अनेमसंघ)प्यूठानको अध्यक्षमा पुनः भगवती खड्का निर्वाचित भएकी छन्।
मंगलबार शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन बिजुवारमा भएको अनेम संघ प्यूठानको छैठौं जिल्ला सम्मेलनले खड्काको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बसन्ता के.सी , नारायणी अधिकारी, सचिव केशरा खत्री, कोषाध्यक्ष लक्ष्मी के.सी , उप–सचिव देवका देवी भण्डारी लगायत २९ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरिएको हो । अरु सदस्य पछि मनोनित गर्ने संघले जनाएको छ । सम्मेलनमा जिल्लाका ६४ वटै वडाबाट महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले मंगलवार सपथ ग्रहण गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...