११४ औं अन्तराष्ट्रिय महिला दिवश प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । “महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी” भन्ने मुख्य नारासहित प्यूठानका विभिन्न स्थानमा महिलाको हक अधिकार सुनिश्चित गर्न महिला दिवस मनाईएको हो ।
माण्डवी गाउँपालिका ३ नयाँगाउँका वडाध्यक्ष धनेन्द्र कार्कीले कार्यक्रममा आफ्नो सेवा सुविधाबाट प्राप्त रकमले वडाका ९ वटा आमा समुहलाई प्रेसर कुकर, ९ जना स्वयमसेविका र वडामा महिला उत्थान तथा शसक्तिकरणमा योगदान पुर्याएका ६ जना महिलाहरुलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ ।
प्यूठान नगरपालिका ३ बिजयनगरले सो अवसरमा कुर्सि दौड, चम्चा दौड, घैटाफोर प्रतियोगिता कार्यक्रम गरेको थियो । कार्यक्रममा विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै मल्लरानी गाउपालिका ३ ले पनि बिबिध कार्यक्रम गर्दै ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । महिला अधिकार विषयक लोकगित तथा नृत्य प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता, र घैटा फोर प्रतियोगिता आयोजना गरेको हो । विजेताले पुरस्कार क्रमश २ हजार ५ सय, २ हजार, १ हजार ५ सय प्राप्त गरेका छन् । यस्तै कुर्सी दौड प्रतियोगितामा प्रथम र द्धितिय हुनेले पुरस्कार क्रमश १ हजार ५ सय र १ हजार र घैटाफोर प्रतियोगितामा पुरस्कार १ हजार प्राप्त गरेका छन् ।
साथै जिल्लाका ६४ वटै वडा तथा पालिकाले महिलाहरुको लागि विभिन्न कार्यक्रम गरेर मनाएको छ ।