News Portal

रेडियो सुन्नुहोस्

सांसद भईसकेपछि साझा सांसदको रुपमा छु : सांसद थापा

बिबश जि.एम२०८० चैत्र ३
६५२ पटक
२०८० चैत्र ३

प्यूठानका संघिय सांसद सूर्य थापाले चुनाबको बेलामा आफु फरक पार्टीको भएपनि अहिले सांसद भईसकेपछि साझा सांसदको रुपमा उभिएको बताएका छन् । शनिबार प्यूठान उद्योग बाणिज्य संघको २६ औं बार्षिक साधारण सभामा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । आस्थाको लागि फरक पार्टी भएपनि गर्ने काम र तरिकामा कुनै पार्टी हुन नहुने सांसद थापाको भनाई थियो । काम गर्ने सुइको सुनाउनु भन्दा कामको जस लिने गरी राजनीति गर्न पनि सांसद थापाले राजनीतिकर्ताहरुलाई आग्रह गरेका छन् । साथै थापाले फरक प्रसंगमा अहिले नयाँ सत्ता गठबन्धन बनेपछि सूर्य थापा किन मन्त्री नबनेको भन्ने धेरैको प्रश्नको जवाफ दिदै यसको लागि २ कार्यकाल मन्त्री हुनुपर्ने भएकाले आफु अहिले मन्त्रीको दाबेदारमा नपुगेको बताए । मन्त्री बन्नको लागि २ पटक चुनाब जित्नुपर्ने बताउँदै अर्को पटक आफु निर्वाचित भए मन्त्री बन्ने त्यो हैसियतमा पुग्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रगति प्रतिवेदन महासचिव सन्देश आचार्य, कोषाध्यक्ष झवेन्द्र शर्माले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजिकरण महासचिव सन्देश आचार्यले गरेका थिए । साथै कार्यक्रममा २५ जना आजिवन सदस्यलाई प्रमाणपत्र, संघको नयाँ एशोसियट सदस्यलाई प्रमाणपत्र, उत्कृष्ट व्यवसायी र स्थानीय तहमध्ये उत्कृष्ट बजार क्षेत्रका रुपमा नौबहिनी गाउँपालिका बजार क्षेत्रलाई सम्मान गरेको छ । प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीको अध्यक्षतामा साधारण सभा संचालन भएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद धनालक्ष्मी श्रेष्ठ, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य केशब भण्डारी, नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल पुस्तक संघका अध्यक्ष रमेश गिरी, प्यठान प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, प्यूठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुन कुमार कक्षपति, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजाल, प्यूठान उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष इमानसिंह भारती, माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी, सिसहनिया उद्योग बाणिज्य संघ दाङका अध्यक्ष पूर्णप्रसाद बुढाथोकी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...