News Portal

रेडियो सुन्नुहोस्

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

बिबश जि.एम२०८० चैत १३
७२३ पटक
२०८० चैत १३

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठान र आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको संयुक्त आयोजनामा निशुल्क आँखा परीक्षण गरिएको हो ।

कार्यक्रममा जेष्ठ सदस्यहरु मरन्ठानाका ७७ बर्षिय हरी बहादुर के.सी र तुषाराकी ७६ बर्षिया तिला कुमारी गिरीलाई खादा ओढाई सम्मान र फलफूल वितरण गरिएको नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका सदस्य अर्जुन कुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार आँखा उपचारमा सहभागि ६६ जना सबैको आँखा निशुल्क रुपमा परीक्षण गरिएको छ ।

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानका अध्यक्ष लक्ष्मी प्रकाश राज भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको सहजिकरण नेपाल नेत्रज्योति संघ प्यूठानकी उपाध्यक्ष कल्पना खड्काले गरेकी थिइन् । कार्यक्रममा आँखा अस्पताल विजुवार प्यूठानका निवर्तमान अध्यक्ष केशव कर्मचार्यले शुभकामना मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...