News Portal

रेडियो सुन्नुहोस्

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

बिबश जि.एम२०८० चैत १३
७३४ पटक
२०८० चैत १३

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठान र आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको संयुक्त आयोजनामा निशुल्क आँखा परीक्षण गरिएको हो ।

कार्यक्रममा जेष्ठ सदस्यहरु मरन्ठानाका ७७ बर्षिय हरी बहादुर के.सी र तुषाराकी ७६ बर्षिया तिला कुमारी गिरीलाई खादा ओढाई सम्मान र फलफूल वितरण गरिएको नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका सदस्य अर्जुन कुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार आँखा उपचारमा सहभागि ६६ जना सबैको आँखा निशुल्क रुपमा परीक्षण गरिएको छ ।

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानका अध्यक्ष लक्ष्मी प्रकाश राज भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको सहजिकरण नेपाल नेत्रज्योति संघ प्यूठानकी उपाध्यक्ष कल्पना खड्काले गरेकी थिइन् । कार्यक्रममा आँखा अस्पताल विजुवार प्यूठानका निवर्तमान अध्यक्ष केशव कर्मचार्यले शुभकामना मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...