News Portal

रेडियो सुन्नुहोस्

प्रथम प्यूठान माण्डवी महोत्सव आजबाट सुरु

बिबश जि.एम२०८० चैत २९
१०५९ पटक
२०८० चैत २९

“कृषि पर्यटन, संस्कृति र व्यापार, समुन्नत प्यूठान माण्डवी आर्थिक विकासको मुल आधार” भन्ने प्रमुख नारासहित प्यूठानमा प्रथम प्यूठान माण्डवी महोत्सव सञ्चालन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले महोत्सवको बिहिवार उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले यो मेला सिङ्गो जिल्लाको संस्कृतिलाई संरक्षण गर्ने माध्ययम बन्ने विश्वास लिएका छन् ।

त्रिवेणी सामुदायिक ग्रामिण विकास संस्थाका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सञ्चालन भएको महोत्सवमा विशेष अतिथि लुम्बिनी प्रदेशका सांसद निमा गिरी रहेकी थिइन् ।

महोत्सवमा माण्डवी गाउँपालिका भित्र रहेका पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने, स्थानीयले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरणलाई सहयोग, पुराना कला संस्कृतिलाई जर्गेना गर्ने महोत्सवको प्रमुख लक्ष्य रहेको आयोजकले जनाएको छ । साथै महोत्वसमा माण्डवी गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता, माण्डवी डान्स आइडल, जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता समेत हुने भएको छ ।

मेला चैत २९ देखी बैशाख ९ गते सम्म ११ दिन लाग्ने मेला व्यवस्थापन समिति संयोजक इमान विष्टले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...