News Portal

रेडियो सुन्नुहोस्

प्रथम प्यूठान माण्डवी महोत्सव आजबाट सुरु

बिबश जि.एम२०८० चैत २९
८२६ पटक
२०८० चैत २९

“कृषि पर्यटन, संस्कृति र व्यापार, समुन्नत प्यूठान माण्डवी आर्थिक विकासको मुल आधार” भन्ने प्रमुख नारासहित प्यूठानमा प्रथम प्यूठान माण्डवी महोत्सव सञ्चालन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले महोत्सवको बिहिवार उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले यो मेला सिङ्गो जिल्लाको संस्कृतिलाई संरक्षण गर्ने माध्ययम बन्ने विश्वास लिएका छन् ।

त्रिवेणी सामुदायिक ग्रामिण विकास संस्थाका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सञ्चालन भएको महोत्सवमा विशेष अतिथि लुम्बिनी प्रदेशका सांसद निमा गिरी रहेकी थिइन् ।

महोत्सवमा माण्डवी गाउँपालिका भित्र रहेका पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने, स्थानीयले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरणलाई सहयोग, पुराना कला संस्कृतिलाई जर्गेना गर्ने महोत्सवको प्रमुख लक्ष्य रहेको आयोजकले जनाएको छ । साथै महोत्वसमा माण्डवी गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता, माण्डवी डान्स आइडल, जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता समेत हुने भएको छ ।

मेला चैत २९ देखी बैशाख ९ गते सम्म ११ दिन लाग्ने मेला व्यवस्थापन समिति संयोजक इमान विष्टले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...