News Portal

रेडियो सुन्नुहोस्

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

झुलेनी नेटवर्क२०८१ जेष्ठ ४
६९६ पटक
२०८१ जेष्ठ ४

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ । शुक्रबार विद्यालयमा बसेको अभिभावक भेलाद्वारा सर्बसहमत हुन नसकेपछी निर्वाचन गरी व्यवस्थापन समिति चुन्न लागेको हो ।

निर्वाचन यहि जेठ १२ गते शनिबार गरिने निर्बाचन मन्डल समिती संयोजक ठाकुर प्रसाद आचार्यले बताए । निर्बाचन समितीका सदस्यहरु मल्लरानी गाउपालिका ३ का वडा अध्यक्ष नोमराज पौडेल र भानुभक्त मा.बि का प्रधानाध्यापक चक्रपाणी पौडेलले रहेका छन् ।

शिक्षा ऐन अनुसार २ जना महिला सदस्य सहित ४ जना अभिभावक सदस्य रहने व्यवस्थापन भएपनी सर्बसहमत हुन नसकेपछि ९ जनाले उम्मेद्बारी दर्ता गराएका छन् ।

उम्मेद्बारीहरु ईश्वरी पुन मल्लरानी २, मिनराज परियार मल्लरानी ३, कमला पुन मल्लरानी २, डिलाराम पौडेल मल्लरानी ३, लालमन भट्ट मल्लरानी २, जिबलाल खत्री मल्लरानी २, सोम बहादुर सार्की मल्लरानी ३, दिपा राना भुमेकाईस्थान नगरपालिका १ राजिमे अर्घाखाँची र नमुना राहु मल्लरानी २ बाट उम्मेदवारी दिएका हुन ।

प्राबिधिक तथा व्यावसायिक शिक्षा संचालन गर्न अनुमती प्राप्त विद्यालयमा ४ सय ५२ जना अभिभावक र ५ सय ५७ जना बिद्यार्थी रहेको प्रधानाध्यापक चक्रपाणी पौडेलले बताए । गत चैत महिना हुनुपर्ने वि.व्य.स. गठन बिविध समस्याका कारण समयमै हुन नसकेको पौडेलको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...