News Portal

रेडियो सुन्नुहोस्

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

झुलेनी नेटवर्क२०८१ जेष्ठ ४
५८१ पटक
२०८१ जेष्ठ ४

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ । शुक्रबार विद्यालयमा बसेको अभिभावक भेलाद्वारा सर्बसहमत हुन नसकेपछी निर्वाचन गरी व्यवस्थापन समिति चुन्न लागेको हो ।

निर्वाचन यहि जेठ १२ गते शनिबार गरिने निर्बाचन मन्डल समिती संयोजक ठाकुर प्रसाद आचार्यले बताए । निर्बाचन समितीका सदस्यहरु मल्लरानी गाउपालिका ३ का वडा अध्यक्ष नोमराज पौडेल र भानुभक्त मा.बि का प्रधानाध्यापक चक्रपाणी पौडेलले रहेका छन् ।

शिक्षा ऐन अनुसार २ जना महिला सदस्य सहित ४ जना अभिभावक सदस्य रहने व्यवस्थापन भएपनी सर्बसहमत हुन नसकेपछि ९ जनाले उम्मेद्बारी दर्ता गराएका छन् ।

उम्मेद्बारीहरु ईश्वरी पुन मल्लरानी २, मिनराज परियार मल्लरानी ३, कमला पुन मल्लरानी २, डिलाराम पौडेल मल्लरानी ३, लालमन भट्ट मल्लरानी २, जिबलाल खत्री मल्लरानी २, सोम बहादुर सार्की मल्लरानी ३, दिपा राना भुमेकाईस्थान नगरपालिका १ राजिमे अर्घाखाँची र नमुना राहु मल्लरानी २ बाट उम्मेदवारी दिएका हुन ।

प्राबिधिक तथा व्यावसायिक शिक्षा संचालन गर्न अनुमती प्राप्त विद्यालयमा ४ सय ५२ जना अभिभावक र ५ सय ५७ जना बिद्यार्थी रहेको प्रधानाध्यापक चक्रपाणी पौडेलले बताए । गत चैत महिना हुनुपर्ने वि.व्य.स. गठन बिविध समस्याका कारण समयमै हुन नसकेको पौडेलको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...