News Portal

रेडियो सुन्नुहोस्

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

झुलेनी नेटवर्क२०८१ जेष्ठ १५
४९१ पटक
२०८१ जेष्ठ १५

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै रहेको बताएका छन् ।

जनतालाई साँच्चीकै गणतन्त्र आएको अनुभव दिलाउनको लागि जनताको समस्यालाई समाधान गर्न तर्फ सबैको ध्यान जानुपर्ने कार्यक्रममा सहभागीहरुले धारणा राखेका थिए । साथै सरोकारवाला निकायले जनआन्दोलनबाट प्राप्त गरेको गणतन्त्रका सकारात्मक पक्षहरु समिक्षा गर्दै गणतन्त्रका उपलब्धीलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

मंगलबार विहान जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र मल्लरानी गाउँपालिकाको संयुक्त आयोजनामा गणतन्त्र दिवस मनाईएको हो । महेन्द्र माध्यमिक विद्यालयबाट सुरु भएको प्रभात फेरी जिल्ला समन्वय समितिमा पुगी कोणसभामा परिणत भएकाृ थियो ।

प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी रहेका थिए ।

कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका कार्यालय प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, ३ वटै सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको सहभागिता थियो ।

प्युठान नगरपालिकाले पनि गणतन्त्र दिवसको अबसरमा सरसफाई सहित उत्कृष्ट शिक्षक तथा विभिन्न बिधामा प्रथम, द्वितीय एवं तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत वितरण गरेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि पालिकामा गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

त्यस्तै उद्योग बाणिज्य संघ प्यूठानले गणतन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पताल बिजुवारलाई ह्वीलचियर प्रदान गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...