News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा हैजाका शङ्कास्पद बिरामीको रिपोर्ट पोजेटिभ

झुलेनी नेटवर्क२०८१ श्रावण २०
७०८ पटक
२०८१ श्रावण २०

प्यूठानमा हैजाका शंका गरिएका बिरामीको रिपोर्ट पोजेटिभ देखिएको छ । हैजाको शंका गरी प्युठान अस्पतालमा उपचाररत बिरामीको रिपोर्ट आइतबार पुष्टि भएको हो । गत शुक्रबार ३ जना शङ्कास्पद बिरामिको आर डिटी जाच गर्दा पोजेटिभ देखिएको थियो ।

बिरामीको थप परीक्षणको लागि बुटवल पठाइएकोमा २ जनाको कोलेरा भाइरस हैजा पोजेटिभ आएको प्यूठान अस्पतालले जनाएको छ । एकजनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । पोजिटिभ हुने मध्ये ३५ बर्षका र १२ बर्षका पुरुष रहेका छन ।

उनीहरुलाई अहिले प्युठान अस्पतालमा राखिएको र अबस्था सामान्य रहेको डाक्टर राजेन्द्र पौडेल ले बताए । उनिहरुले प्रयोग गर्दै आएको खानेपानीको मुहानको पानी परीक्षण गर्न प्युठान अस्पतालका प्रयोगशाला प्रमुख सहित स्वास्थ्य कार्यालयको टोली गौमुखी गाउँपालिका गएको थियो । डाक्टरले सबै नागरिक हरुलाई पानी राम्रोसँग उमालेर मात्र पिउन आग्रह गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...