News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा हैजाका शङ्कास्पद बिरामीको रिपोर्ट पोजेटिभ

झुलेनी नेटवर्क२०८१ श्रावण २०
६९९ पटक
२०८१ श्रावण २०

प्यूठानमा हैजाका शंका गरिएका बिरामीको रिपोर्ट पोजेटिभ देखिएको छ । हैजाको शंका गरी प्युठान अस्पतालमा उपचाररत बिरामीको रिपोर्ट आइतबार पुष्टि भएको हो । गत शुक्रबार ३ जना शङ्कास्पद बिरामिको आर डिटी जाच गर्दा पोजेटिभ देखिएको थियो ।

बिरामीको थप परीक्षणको लागि बुटवल पठाइएकोमा २ जनाको कोलेरा भाइरस हैजा पोजेटिभ आएको प्यूठान अस्पतालले जनाएको छ । एकजनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । पोजिटिभ हुने मध्ये ३५ बर्षका र १२ बर्षका पुरुष रहेका छन ।

उनीहरुलाई अहिले प्युठान अस्पतालमा राखिएको र अबस्था सामान्य रहेको डाक्टर राजेन्द्र पौडेल ले बताए । उनिहरुले प्रयोग गर्दै आएको खानेपानीको मुहानको पानी परीक्षण गर्न प्युठान अस्पतालका प्रयोगशाला प्रमुख सहित स्वास्थ्य कार्यालयको टोली गौमुखी गाउँपालिका गएको थियो । डाक्टरले सबै नागरिक हरुलाई पानी राम्रोसँग उमालेर मात्र पिउन आग्रह गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...