News Portal

रेडियो सुन्नुहोस्

सार्वजनिक जग्गामा बनेका संरचना हटाउन ३५ दिने अल्टिमेटम

झुलेनी नेटवर्क२०८१ श्रावण २५
५७३ पटक
२०८१ श्रावण २५

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन माण्डवी गाउँपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ । गाउँपालिका भित्र रहेका कानुन विपरीत अतिक्रमण तथा प्रयोग भएका जग्गाहरूलाई फिर्ता ल्याउने निर्णय अनुरूप संरचना तथा आफ्ना सामग्री हटाउन बुधवार ३५ दिने  अल्टिमेटम दिएको हो ।

माण्डवी गाउँपालिकाले यस अघि २०८१ साउन ४ गते, २०८० चैत्र १५ गते सरकारी वा सार्वजनिक जग्गामा बनाइएका संरचनाहरू हटाउन सूचना जारी गरेकोमा थियो । पटक पटक सूचना गर्दा जग्गाको गैर कानुनी प्रयोग नहटेकाले व्यक्तिगत रूपमै संरचनाको विवरण सहित ३५ दिन भित्र जग्गा खाली गर्न गाउँपालिकाले सूचना जारी गर्नु परेको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।

गाउँपालिकाले सार्वजनिक जग्गाको नाप जाँचका लागि साउन ४ गते देखि गाउँपालिकाका अमिनलाई सडक क्षेत्रमा बनेका सार्वजनिक जग्गाका संरचनाको विवरण सङ्कलन गरेको थियो । टोलीले नाप जाँच गर्दा ६८ ठाउँमा सार्वजनिक जग्गाको गैर कानुनी प्रयोग भएको पाएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले बताए । ‘सरकारी वा सार्वजनिक जग्गा सरकारकै हुनुपर्दछ’ अधिकारीले भने ,‘खाली गर्न अनुरोध गरिएका जग्गा खाली नगरे गाउँपालिकाले गराउनेछ ।’ सार्वजनिक जग्गामा पक्की घर, कच्ची घर, टहरा, गोठ, खोर, प्रहरी पोस्ट, विद्यालय बाउन्ड्री, शौचालय तथा खाजा घर, खोलामा पर्खाल, सार्वजनिक जग्गामा खेतीपाती गर्ने लगायतमा कार्यहरू भएका छन् ।

मुलुकी देवानी संहिताको परिच्छेद ५ मा सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिसम्बन्धी व्यवस्थाको धारा २९९ देखि धारा ३१३ मा स्पष्ट व्यवस्था गरेको छ । धारा ३०४ को उपधारा २ ले सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सम्बन्धित जिल्ला स्तरीय प्रशासन र स्थानीय तहको हुनेछ भनी स्पष्ट तोकिएको छ ।  माण्डवी गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सरकारी वा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि कारबाही अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।  तोकिएको समय सीमाभित्र समेत अटेर गरी संरचना नहटाएमा वा अतिक्रमित क्षेत्रबाट नहटेमा गाउँपालिकाले नै उक्त संरचनाहरू हटाउने र अतिक्रमित क्षेत्र खालि गर्ने साथै सोको लागि खर्च भएको रकम सरकारी बाँकी सरह सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्ने प्रावधान रहेको छ ।

२०८० चैत्र १५ गते बैठकको निर्णयअनुसार गाउँपालिकाको सिमानाभित्र रहेका कानुन विपरीत प्रयोग, अतिक्रमण, गैर कानुनी कब्जा, गैर कानुनी नियन्त्रण र लिजको उद्देश्य विपरीत प्रयोग भएका सरकारी र सार्वजनिक प्रकृतिका जग्गाहरू (वन क्षेत्रसमेत) को अतिक्रमण तथा अनधिकृत प्रयोग हटाई जग्गाहरू साबिककै अवस्थामा फिर्ता ल्याउने निर्णय गरेको थियो । २०८० फागुन ९ गने गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गामा निर्माण भएका संरचना हटाउन जिल्ला प्रशासनलाई निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय प्युठानले २०८० फागुन १७ गते विवरण सङ्कलनका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

त्यस क्रममा माण्डवी गाउँपालिकाका कुनै वडाबाट सूचना नदिइएको जिल्ला प्रशासन कार्यालय प्युठानका सूचना अधिकारी प्रशासकीय अधिकृत जालन्धर भुसालले जानकारी दिए । ‘सूचना र उजुरीमा परेका संरचना तथा गैर कानुनी प्रयोगलाई तुरुन्तै कारबाही प्रक्रिया अघि बढाएका छौँ,’ भुसालले भने,‘करिब ६३ रोपनी जग्गा गौचरमा परिवर्तन, घर हटाउनका लागि निश्चित समय सीमा दिएर लिखित प्रतिबद्धता सहित कारबाही सुरु गरेका छौँ ।’ प्युठान नगरपालिका ८ को केही संरचना हटाइएको उनको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...