News Portal

रेडियो सुन्नुहोस्

गलत नियतका व्यक्ति प्रवेश गर्दा सहकारी क्षेत्र बदनाम भयो: अधिकारी

झुलेनी नेटवर्क२०८१ श्रावण २६
३०२ पटक
२०८१ श्रावण २६

गलत नियतका केही व्यक्ति सहकारी क्षेत्रमा प्रवेश गर्दा समग्र सहकारी क्षेत्र बदनाम हुनुपरेको नेपाल बचत तथा ऋण सहकारी सङ्घ ली.का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बताएका छन् । गलत मान्छेहरूले सहकारीमार्फत चलाएको धन्दाका कारण सबै सहकारीमाथि आम जनमानसमा आशङ्का भएको अधिकारीले बताए ।

शनिवार बिजुवारको विजय फूलबारी साकोसको सभा हलमा प्रदेश बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडले आयोजना गरेको साकोस सञ्जाल व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा अधिकारीले धेरै सहकारीले अहिले पनि जनताका आधारभूत समस्या समाधान गर्न सहकार्य गरिरहेको दाबी गरे ।

प्युठान नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र बर्माले सहकारीहरू सरकारले बनाएका नीति निर्माणको पूर्ण रूपमा कार्यान्वयन गर्न सके धेरै समस्या समाधान हुने बताए ।

प्युठान जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोज बहादुर बस्नेतले जिल्लाका सहकारीहरू केही राम्रा र केही झोलामा हुँदा समस्या भएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...