पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ ।
बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ ।