गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट मासिक ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिएको छ ।
१८ महिनाको अवधिमा लामिछानेले कम्पनिबाट १ करोडभन्दा बढी तलब बुझेको भेटिएको हो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको तथ्य खुलासा गरेको छ ।
आर्थिक वर्ष २०७७/७८मा लामिछानेको गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए । आर्थिक वर्ष २०७८/७९मा भने उनले ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ तलब लिएका थिए ।
उनि २०७७ माघ १ देखि २०७९ असार १ सम्म गोर्खा मिडियामा सञ्चालक र प्रवन्ध निर्देशकको हैसियतमा कार्यरत थिए ।