News Portal

रेडियो सुन्नुहोस्

सरकारी तलब खाएर नीजि विद्यालय खोल्नेलाई कारवाही: क्रान्तिकारी

संवाददाता१९ चैत
१०७२ पटक
१९ चैत

काठमाडौं । अखिल (क्रान्तिकारी) ले शिक्षा क्षेत्र सुधारको लागि विभिन्‍न ५ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति तिर्थराज खनियालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल कम्युनिस्टनिकट क्रान्तिकारीले आइतबार खनियालाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यान्वयनको प्रक्रिया अगाडि नबढे अान्दोलनमा जान बाध्य हुने बताएको छ । संगठनका केन्द्रीय सदस्य कलम बडुवाल र प्रकाश अधिकारीकाे नेतृत्वमा गएकाे विद्यार्थीको टाेलीले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा वर्षेनी नीजि शिक्ष संस्थाहरुले गरिरहेकाे शुल्क वृद्धिका कारण आम जनताहरु मारमा परिरहेको भन्दै क्रान्तिकारीले विद्यार्थीहरु पढ्न पाउने अधिकारबाटै बन्चित भइरहेकोप्रति चिन्ता व्यक्त गरेको छ । त्रिभुवन बिश्वविद्यालयले समेत बिभिन्न बहानामा विद्यार्थीहरुमाथि आर्थिक भार थोपारिरहेको क्रान्तिकारीको भनाई छ ।

क्रान्तिकारीले बिभिन्न बिश्वविद्यालयमा ६/६ महिनामा तत्काल प्रबेश परीक्षा खोल्नुपर्ने, यो वर्ष पुनःप्रबेश परीक्षा गर्नुपर्ने, त्रिवि तथा आंगिक क्याम्पसहरुका प्राध्यापकहरु नीजि कलेजका संचालक तथा बिभिन्न पदमा रही काम गरिरहेका हुनाले नीजि प्राध्यापकहरुलाई तत्काल बर्खास्त गर्नुपर्ने माग राखेको छ ।

त्यसैगरी सेमेस्टर प्रणालीको गुणस्तर वृद्धि गर्नेपर्ने र देशैभरिका त्रिविका आंगिक कलेजहरुमा एउटै शुक्ल निर्धारण गर्नुपर्ने, विद्यार्थीहरुलाई प्रदान गरिएको छात्रवृत्तिमा वृद्धि गरी लक्षित बर्ग(महिला, दलित, मधेसी, दुर्गम, जनयुद्ध तथा जनआन्दोलनका सहिद, घाइते तथा बेपत्ता परिवार, पिछडिएका बर्ग, सरकारी विद्यालय, मुक्त कमैया, हलिया आदिलाई प्रदानको ब्यबस्था गर्नुपर्ने र त्रिविले बिभिन्न संकायमा सम्बन्धन दिँदा मापदण्ड पुगेका कलेजहरुलाई मात्र प्राथमिकताका आधारमा सम्बन्धन दिनुपर्ने लगाएतका माग क्रान्तिकारीले राखेको छ ।

क्रान्तिकारीले विद्यार्थीहरूकाे मर्मलार्इ ख्याल गरी यी माग तत्काल पुरा गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरेकाे छ । शिक्षा क्षेत्रमा ब्याप्त विकृति, विसंगति, घुसखोरी, मनपरीलगाएत बिरुद्ध क्रान्तिकारीले विगतदेखि नै संघर्ष गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...