News Portal

रेडियो सुन्नुहोस्

सरकारी तलब खाएर नीजि विद्यालय खोल्नेलाई कारवाही: क्रान्तिकारी

संवाददाता१९ चैत
१२४७ पटक
१९ चैत

काठमाडौं । अखिल (क्रान्तिकारी) ले शिक्षा क्षेत्र सुधारको लागि विभिन्‍न ५ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति तिर्थराज खनियालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल कम्युनिस्टनिकट क्रान्तिकारीले आइतबार खनियालाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यान्वयनको प्रक्रिया अगाडि नबढे अान्दोलनमा जान बाध्य हुने बताएको छ । संगठनका केन्द्रीय सदस्य कलम बडुवाल र प्रकाश अधिकारीकाे नेतृत्वमा गएकाे विद्यार्थीको टाेलीले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा वर्षेनी नीजि शिक्ष संस्थाहरुले गरिरहेकाे शुल्क वृद्धिका कारण आम जनताहरु मारमा परिरहेको भन्दै क्रान्तिकारीले विद्यार्थीहरु पढ्न पाउने अधिकारबाटै बन्चित भइरहेकोप्रति चिन्ता व्यक्त गरेको छ । त्रिभुवन बिश्वविद्यालयले समेत बिभिन्न बहानामा विद्यार्थीहरुमाथि आर्थिक भार थोपारिरहेको क्रान्तिकारीको भनाई छ ।

क्रान्तिकारीले बिभिन्न बिश्वविद्यालयमा ६/६ महिनामा तत्काल प्रबेश परीक्षा खोल्नुपर्ने, यो वर्ष पुनःप्रबेश परीक्षा गर्नुपर्ने, त्रिवि तथा आंगिक क्याम्पसहरुका प्राध्यापकहरु नीजि कलेजका संचालक तथा बिभिन्न पदमा रही काम गरिरहेका हुनाले नीजि प्राध्यापकहरुलाई तत्काल बर्खास्त गर्नुपर्ने माग राखेको छ ।

त्यसैगरी सेमेस्टर प्रणालीको गुणस्तर वृद्धि गर्नेपर्ने र देशैभरिका त्रिविका आंगिक कलेजहरुमा एउटै शुक्ल निर्धारण गर्नुपर्ने, विद्यार्थीहरुलाई प्रदान गरिएको छात्रवृत्तिमा वृद्धि गरी लक्षित बर्ग(महिला, दलित, मधेसी, दुर्गम, जनयुद्ध तथा जनआन्दोलनका सहिद, घाइते तथा बेपत्ता परिवार, पिछडिएका बर्ग, सरकारी विद्यालय, मुक्त कमैया, हलिया आदिलाई प्रदानको ब्यबस्था गर्नुपर्ने र त्रिविले बिभिन्न संकायमा सम्बन्धन दिँदा मापदण्ड पुगेका कलेजहरुलाई मात्र प्राथमिकताका आधारमा सम्बन्धन दिनुपर्ने लगाएतका माग क्रान्तिकारीले राखेको छ ।

क्रान्तिकारीले विद्यार्थीहरूकाे मर्मलार्इ ख्याल गरी यी माग तत्काल पुरा गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरेकाे छ । शिक्षा क्षेत्रमा ब्याप्त विकृति, विसंगति, घुसखोरी, मनपरीलगाएत बिरुद्ध क्रान्तिकारीले विगतदेखि नै संघर्ष गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...