News Portal

रेडियो सुन्नुहोस्

दसैँपछि काठमाण्डौ फर्कन २० प्रतिशत छुटमा स्वर्गद्वारीको टिकट बुकिङ खुला

दसैँअघि अतिरिक्त गाडीमा २० प्रतिशत महँगो टिकट काटेर प्युठान आएका र काठमाण्डौ नफर्कने यात्रुको रकम फिर्ता गर्ने

झुलेनी नेटवर्क२०८१ असोज २२
७५७ पटक
२०८१ असोज २२

स्वर्गद्वारी गौमुखी यातायात प्रा.लि. ले प्युठानबाट काठमाण्डौ फर्कने यात्रुका लागि टिकट अग्रिम बुकिङ खुला गरेको छ। छठसम्म काठमाण्डौ जाने यात्रुलाई तोकिएको भाडादारमा २० प्रतिशत छुट सहित टिकट बुकिङ खुला गरिएको प्रा.लि. का अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए।

दसैँमा काठमाण्डौबाट प्यूठान आउँदा अतिरिक्त गाडीहरूमा २० प्रतिशत बढी भाडा लिएको समितिले फर्कँदा सबै यात्रुलाई २० प्रतिशत छुट दिने भएको हो। आइतबार जिल्ला प्रशासन कार्यालय प्युठानमा बसेको सर्वपक्षीय बैठकले तोकिएकै दरमा सेवा दिनुपर्ने र बढी लिएको रकम फिर्ता गर्नुपर्ने निर्णय गरेको थियो। आउँदा अतिरिक्त शुल्क तिरेका यात्रुको रकम फर्कँदा छुट दिएर मिलान गर्न यातायात व्यवसायी कम्पनीले यस्तो निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए। सोमबार आयोजित पत्रकार भेटघाटमा श्रेष्ठले भने ‘दुई हजार यात्रुलाई लाइन लाएर रकम फिर्ता गर्नुभन्दा फर्कदा सोहि बराबर छुट दिएपछि हामिलाइ ब्यवस्थापनमा पनि सहज हुने र अन्य यात्रुलाई पनि फाईदा पुग्ने भएकाले यस्तो निर्णय गरेका हौँ । अनलाईन बुकिङमा अब फर्कने सबैले छुट पाउँनुहुन्छ ।’

सर्वपक्षीय बैठकको निर्णय अनुसार २० प्रतिशत महँगो शुल्क तिरेका २ हजार यात्रुलाई रकम फिर्ता गर्नुपर्ने भए पनि अब काठमाण्डौ फर्कने सबै यात्रुलाई २० प्रतिशत छुट दिइने उनले बताए। अतिरिक्त शुल्कमा टिकट काटेर प्यूठान आएका र छठसम्म काठमाण्डौ नफर्किने यात्रुको रकम छठपछि फिर्ता गरिने श्रेष्ठले बताए। श्रेष्ठका अनुसार स्वर्गद्वारी गाैमुखि यातायात प्रालि मार्फत दसैँमा प्यूठान आउन दुई हजार यात्रुले अतिरिक्त गाडीमा महँगो शुल्क तिरेर टिकट काटेका छन् भने, १ हजार ४० जनाले नियमित गाडीहरूमा तोकिएकै भाडादारमा टिकट काटेका छन्।

दशैपछि काठमाण्डौ जानेका लागि सोमवार रातिदेखि खुल्ला गरिने अग्रिम बुकिङमा असोज २७ देखि कार्तिक २२ गतेसम्मको टिकट छुटसहित काट्न सकिने प्रालि का प्रबन्धक कुमार श्रेष्ठले बताए। अनलाइनबाटै टिकट बुकिङ गर्न सकिने हुनाले काउन्टरसम्म पुग्न नपर्ने श्रेष्ठले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...