News Portal

रेडियो सुन्नुहोस्

मुन्डाडामा निर्मित देवघर र सुपादेउराली मन्दिरको सांसद थापाद्धारा उद्घाटन

बोम बहादुर परियार२०८१ कार्तिक १५
६०८ पटक
२०८१ कार्तिक १५

मल्लरानी गाउँपालिका ३ मुन्डाडामा निर्मित पौडेल बन्धुहरुको देवघर मन्दिर र सुपादेउराली मन्दिर उद्घाटन गरिएको छ ।
करिब १० लाख लागतमा निर्माण गरिएको मन्दिरको मंगलवार प्रतिनिधी सभा सदस्य सूर्य थापाले उद्घाटन गरेका हुन ।

मन्दिर उद्घाटन गर्दै थापाले पुर्खाहरुले चलाएको संस्कृती लाई जोगाइराख्नु पर्ने बताएका छन । मन्दिर बनाउने, वरपिपल रोप्ने, चौपारी बनाउने, कुलघर बनाउने जस्ता कार्यव्यवहारले समाजलाइ एकताबद्द गर्न मद्दत पुग्ने वताए । साथै उनले यस्ता संकृतिलाइ पुस्ता हस्तान्तरण गर्न र जोगाउन आवस्यक रहेको बताए ।

हाल अमेरीकामा रहेका स्थानीय केशबराज पौडेल र बेला कुमारी पौडेलले आफ्नो वुवा आमाको स्मृतिमा कुलघर निर्माण गरेका हुन् भने सुपादेउराली मन्दिर स्थानीय पोमलाल शार्माले बुवा आमाको स्मृतीमा निर्माण गरेका हुन् । शर्माले कुलघर र सुपादेउराली मन्दिर बनाउन आवश्यक जग्गा पनि दान गरेका छन्।

कुलघर र सुपादेउराली मन्दिर निर्माणमा करिब १० लाख खर्च भएको स्थानीय नोमराज शर्माले बताए।
मन्दिर निर्माणपछि पुजाआजाका लागि टाढा पुग्नुपर्ने बाध्यता हटेको उनले बताए।

मन्दिर उद्घाटन कार्यक्रममा प्यूठान क्वाडिका महिला हरुको नौमति वाजा र रस्पुरकोट चौरपानीका पुरुषहरुको नौमति बाजाको साथमा ११ जना ब्रह्मण बाट पुजा गरि मन्दिरमा देवी भित्राउने , वरपिपलको विबाह , र लक्ष्यवत्ती प्रज्वलन समेत सम्पन्न गरिएको छ ।

कार्यक्रमका विषेस अथिति पौडेल बंश महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टेकराज केसीले युवा अवस्था पार गरि सिरमा टोपी लगाउने अवस्थामा मानिसहरु धर्मकर्म मा बढी लाग्ने बताएका छन ।

त्यस्तै कार्यक्रममा बोल्दै माल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले संस्कृति जोगाउन मन्दिर निर्माण कार्य सकारात्मक रहेको बताएका छन ।

पौडेल बंस महासंघ बरारुख कुलपुजा समितिका अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा स्वागत मन्तव्य स्थानीय शिक्षक कृष्ण केसीले राखेका थिए भने कार्यक्रमको संचालन नोमराज शर्माले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...