News Portal

रेडियो सुन्नुहोस्

मुन्डाडामा निर्मित देवघर र सुपादेउराली मन्दिरको सांसद थापाद्धारा उद्घाटन

बोम बहादुर परियार२०८१ कार्तिक १५
४१९ पटक
२०८१ कार्तिक १५

मल्लरानी गाउँपालिका ३ मुन्डाडामा निर्मित पौडेल बन्धुहरुको देवघर मन्दिर र सुपादेउराली मन्दिर उद्घाटन गरिएको छ ।
करिब १० लाख लागतमा निर्माण गरिएको मन्दिरको मंगलवार प्रतिनिधी सभा सदस्य सूर्य थापाले उद्घाटन गरेका हुन ।

मन्दिर उद्घाटन गर्दै थापाले पुर्खाहरुले चलाएको संस्कृती लाई जोगाइराख्नु पर्ने बताएका छन । मन्दिर बनाउने, वरपिपल रोप्ने, चौपारी बनाउने, कुलघर बनाउने जस्ता कार्यव्यवहारले समाजलाइ एकताबद्द गर्न मद्दत पुग्ने वताए । साथै उनले यस्ता संकृतिलाइ पुस्ता हस्तान्तरण गर्न र जोगाउन आवस्यक रहेको बताए ।

हाल अमेरीकामा रहेका स्थानीय केशबराज पौडेल र बेला कुमारी पौडेलले आफ्नो वुवा आमाको स्मृतिमा कुलघर निर्माण गरेका हुन् भने सुपादेउराली मन्दिर स्थानीय पोमलाल शार्माले बुवा आमाको स्मृतीमा निर्माण गरेका हुन् । शर्माले कुलघर र सुपादेउराली मन्दिर बनाउन आवश्यक जग्गा पनि दान गरेका छन्।

कुलघर र सुपादेउराली मन्दिर निर्माणमा करिब १० लाख खर्च भएको स्थानीय नोमराज शर्माले बताए।
मन्दिर निर्माणपछि पुजाआजाका लागि टाढा पुग्नुपर्ने बाध्यता हटेको उनले बताए।

मन्दिर उद्घाटन कार्यक्रममा प्यूठान क्वाडिका महिला हरुको नौमति वाजा र रस्पुरकोट चौरपानीका पुरुषहरुको नौमति बाजाको साथमा ११ जना ब्रह्मण बाट पुजा गरि मन्दिरमा देवी भित्राउने , वरपिपलको विबाह , र लक्ष्यवत्ती प्रज्वलन समेत सम्पन्न गरिएको छ ।

कार्यक्रमका विषेस अथिति पौडेल बंश महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टेकराज केसीले युवा अवस्था पार गरि सिरमा टोपी लगाउने अवस्थामा मानिसहरु धर्मकर्म मा बढी लाग्ने बताएका छन ।

त्यस्तै कार्यक्रममा बोल्दै माल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले संस्कृति जोगाउन मन्दिर निर्माण कार्य सकारात्मक रहेको बताएका छन ।

पौडेल बंस महासंघ बरारुख कुलपुजा समितिका अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा स्वागत मन्तव्य स्थानीय शिक्षक कृष्ण केसीले राखेका थिए भने कार्यक्रमको संचालन नोमराज शर्माले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...