News Portal

रेडियो सुन्नुहोस्

१८ वर्षे तुल बहादुर: यसरी बने राष्ट्रिय खेलाडी

शशिधर भण्डारी 
९७५ पटक

प्यूठानको नौबहिनी गाउँपालिका–५ डाम्रीका १८ वर्षे तुलबहादुर थापाको गाउँमा क्रिकेट खेल्ने मात्रै होइन हेर्नेहरू समेत अझै न्यून छन् । सामान्य परिवारमा जन्मेका थापाले  भारतमा सिकेको खेलले नेपाली क्रिकेटर बन्दै छन् । काकाको साथमा भारतको चण्डिगढमा पढ्दा क्रिकेट खेल्न थालेका थापा १२ वर्ष उमेर मुनिको समूह भारतको चण्डिगढमा जिल्ला स्तरीय प्रतियोगिताको अवसर पाएका थिए ।

२०१६ मा भारतबाट कक्षा आठको परीक्षा दिएर घर आएका थापा दाङको भालुवाङमा भएको जिल्ला स्तरको मुस्लिम कप प्रतियोगितामा पहिलो पटक खेले यो उनको नेपालमा खेल यात्रा सुरु भयो । थापा नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग मङ्सिर १५ देखि पुस ६ गतेसम्म काठमाण्डौमा हुने फ्रेन्चाइज लिगमा समेत खेल्ने भएका छन् । उनलाई जनकपुर बोल्टर्सले  २ लाखमा अनुबन्धन गरिसकेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । त्यहाँ थापाले थप अनुभव गर्दै छन् ।  देशको लागि क्रिकेट क्षेत्रको अन्तर्राष्ट्रिय खेल खेल्ने लक्ष्य रहेको थापा बताउँछन्   ।

‘अनुभवी क्रिकेटर सङ्ग खेल्न पाउँदा नेपाल प्रिमियर लिगलाई राष्ट्रिय टिमबाट खेल्ने ढोकाको रूपमा लिएको छु । उत्कृष्ट प्रदर्शनका लागि तयारी गरिरहेको छु ,’ थापाले भने । थापा क्रिकेटमा बायाँ हाते च्याइनामेन स्पिनर हुन् । यो बलिङ तर्फ कमैमा क्षमता हुन्छ । यही कारण पनि धेरै छोटो समयमा धेरै लिग र फ्रेन्चाइजहरुमा अवसर पाएका हुन् । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा भैरहवा ग्ल्याडियटर्सको ट्यालेन्ट हन्ट मार्फत राष्ट्रिय खेलमा अवसर पाएका थापाले नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप ९ वटा राष्ट्रिय स्तरका खेलहरू खेलेको जानकारी दिए । शारीरिक अस्वस्थताको कारण दुई वर्ष भारतमा उपचार गरेर फर्केका थापा हाल भैरहवा, नेपालगन्जमा हुने लिगहरूमा भाग लिँदै आएका छन् । पछिल्लो समयमा शक्ति गौचनले प्रशिक्षण दिँदै आएको स्टार क्रिकेट एकेडेमीमा सिक्दै आएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...