News Portal

रेडियो सुन्नुहोस्

गित गाउँदै बिरामी जाँच्छु : थर्ड रनरअप अस्मिता अधिकारी

सिखबर संवाददाता
२१८६ पटक

तर, गायनमा औधि रुचि। उनले पेशाको रुपमा नर्सको काम गर्छिन। तर, गायन तर्फको रुचि कम छैन। विगतका विभिन्न प्रतियोगिता, लईभसो र आईडलहरुमा महिलाहरुको सहभागिता उच्च नै रहयो। महिलाका लागि गायनक्षेत्र त्यसमाथि पनि यौटा कर्मथलो हुदाहुदै यो क्षेत्र कति सजिलो र कति गाह्रो? यो विषयमा नेपाल आइडल सिजन टुकी थर्ड रनरअप अस्मिता अधिकारी संगको अन्तरबार्ता :

नेपाल आइडलमा तपाईंको यात्रा कसरी सुरु भयो ?

म सानैदेखि गीत गाउन रुचाउँथेँ। बीएस्सी नर्सिङ सकाएर यसै बसेको बेला नेपाल आइडलको फर्म खुल्यो। फर्म भरेँ, गीत गाएँ, जजहरूको राम्रो प्रतिक्रिया पाएँ।

उत्कृष्ट चारको यात्रामा पर्ने सोच्नुभएको थियो ?

रिजल्टभन्दा पनि संगीत सिक्न भनी म आइडलमा आएकी थिए। यहाँसम्म आउँछु भन्ने थिएन। अत्यन्तै खुसी लागेको छ। देशविदेशमा मेरो स्वर मन पराउने फ्यानहरू भेटेकी छु। मेरो परिचय फेरिएको छ। परिवारले पनि निकै सहयोग गरे।

रियालिटी सोहरूमा महिलाको उपस्थिति किन कम ?

महिलाहरू खुलेर संगीतमा आउने वातावरण अझै बनिसकेको छैन। गीत गाउनु, रियाज गर्नु र यसका प्राविधिक कुराहरू सिक्नु अत्यन्तै कठिन काम हो। कति क्षमता भएका साथीहरूलाई त यो क्षेत्रमा आउनै गाह्रो छ। धेरै महिला त आफ्नो चाहना मारेर बस्न बाध्य छन्। स्वर राम्रो भए पनि कतिपय महिलाको संगीतप्रति लगाव छैन। पहिलो कुरा त आफूभित्रै नै चाहना हुनुपर्‍यो, संगीतप्रति लगाव हुनुपर्‍यो।

चौथो स्थानसम्मको सिँढी उक्लिन तपाईंले के कस्तो संघर्ष गर्नु पर्‍यो ?

करिब आठ÷नौ महिनाको समय त मैले आफ्नो व्यक्तिगत जिन्दगी सबै बिर्सिएँ। रातदिन रियाजमा खटिएँ। आफ्नो प्रस्तुति कसरी फरक र उत्कृष्ट बनाउने भनेरै हरपल सोच्ने गर्थें। आफूमा के कमजोरी छ, त्यो हटाउनेतिर लागेँ। बाल्यकालदेखि नै म भजन गाउँथेँ। गाउँघरमा धेरैको प्रशंसा पनि पाएकी छु, भजन गाएर। म निकै डुब्छु संगीतमा।

इन्डियन आइडल, नेपाल आइडल, भ्वाइस आफ नेपाल लगायतका रियालिटी सोको टाइटल विजेता प्रायः पुरुषहरू नै देखिन्छन् नि ?

पुरुष भएकाले विजेता बनेभन्दा पनि तुलनात्मक रूपमा महिला गायिकाहरूले भन्दा राम्रो गाएर विजेता बनेका हुन् भन्ने लाग्छ मलाई। अर्को कुरा महिलाको क्षमतामा विश्वास गर्ने, अगाडि बढ्न उनीहरूलाई सहयोग गर्ने समाज अझै बनिसकेको छैन।महिलाले पनि सांगीतिक क्षेत्रमा निकै राम्रो गरिरहेका छन्। टाइटल विजेता चुन्ने अधिकार त जजलाई भन्दा पनि दर्शकलाई नै बढी थियो। दर्शकको रोजाइमा पुरुष परे।

अब प्राथमिकतामा नर्सिङ कि गायन ?

पढाइ नर्सिङ तर रहर गीत गाउने दुवै फरक विधा हुन्। तर, अप्ठ्यारो लागेको छैन मलाई। दुवै कामलाई सँगसँगै लैजाने योजना छ। सेवाका लागि नर्सिङ र रुचिको विषय गायन। गीत सुनाउँदै बिरामीको उपचार गर्छु।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...