News Portal

रेडियो सुन्नुहोस्

पुलले जोड्दै गौमुखीका दुई गाउँ

शशिधर भण्डारी२०८१ मङ्सिर १३
५१९ पटक
२०८१ मङ्सिर १३

प्यूठानको गौमुखी गाउँपालिकाका अर्खा र रजवारा गाउँलाई लामो झोलुङ्गे पुलले जोड्दैछ । पुलको बिहिबार प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापा क्षेत्रीले शिलन्यास गरेका छन् ।

गौमुखी गाउँपालिकाको वडा नं. १ लामाडाँडा देखि वडा नं. ३ को देउराली जोड्ने गरी पुल निर्माण थालिएको सस्पेन्सन बृज डिभिजन कार्यालय ललितपुरका इन्जिनियर गोपाल थापाले जानकारी दिए । पुल निर्माण गर्न दुई करोड ७२ लाख ७४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थापाले बताए । ३ सय ६५ मिटर लम्बाइ र १ सय ८० मिटर अग्लो पुल २०८२ मङ्सिर २७ मा सम्पन्न गर्नेगरी अधिकारी/अपर तामाकोसी जेभीले ठेक्का पाएको छ ।

पुलको शिलन्यास गर्दै प्रतिनिधि सभा सदस्य थापाले जिल्लाकै लामो र अग्लो आयोजनाको रुपमा रहेको उक्त झोलुङ्गे पुललाई समयमै गुणस्तरीय तवरले सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

निर्माण कम्पनिका प्रतिनिधि प्रकाश डाँगीले आगामी असारसम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखेको बताए ।

१८ वटा लठ्ठा रहेको झोलुङ्गे पुल निर्माणले सो क्षेत्रमा रहेको गौमुखीको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । झण्डै साढे दुई घण्टा दुरिमा रहेको अर्खा र रजवाराको गाउँलाई पुल निर्माणले आवतजावमा सहजता ल्याउने भन्दै स्थानीय मुक्ति रानाले खुशी व्यक्त गरे । लामिडाडाँबाट देउराली पुग्न हिडेर १ घण्टा ३० मिनेट लाग्थ्यो । पुल निर्माणले धेरै सहज हुने रानाले बताए।

सस्पेन्सन बृज डिभिजन कार्यालयका अनुसार पुल निर्माणले अर्खा र रजवाराका १ हजार पाँच सय जना लाभान्वित हुनेछन् । पुलको निर्माण भएपछि सर्वसाधारणलाई आवत जावत गर्न सहज हुने र पर्यटन प्रबर्द्घनमा समेत टेवा पुग्ने स्थानीयले आसा गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...