News Portal

रेडियो सुन्नुहोस्

नेकपाका पाँच नेता प्रहरीले बेपत्ता पारेको खुलासा, सार्वजनिक गर्न मानव अधिकार आयोगको विज्ञप्ति

सिखबर संवाददाता
१३४९ पटक

काठमाडौँ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पाँच नेतालाई बेपत्ता परेको खुलासा भएको छ । राष्ट्रिय मानव अधिकार अयोगकी प्रबक्ता मोहना अन्सारीले सोमबार विज्ञप्ति जारी गरेर नेकपाका नेताहरु सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई बेपत्ता परेको भन्दै अवस्था सार्वजनिक गर्न माग गरेकी छन् ।

प्रबक्ता अन्सारीले बन्दी प्रत्यक्षीकरण आदेशमा सुनसरी जिल्ला अदालतबाट रिहा भएलगत्तै चैत्र १८ गते साँझ पाँचै जनालाई पुनः प्रहरीले नियन्त्रणमा लिएको र सुनसरी प्रहरीले झापा प्रहरीले पक्राउ गरेको भनेको तर झापा प्रहरी प्रमुखले आफूहरुले पक्राउ नगरेको बताएकोले उनीहरुलाई बेपत्ता परिएको बताएकी छन् ।

“आयोगलाई प्राप्त जानकारी अनुसार निजहरुलाई २०७४ चैत्र १८ गते बन्दीप्रत्यक्षीकरणको आदेशले सुनसरी जिल्ला अदालतबाट रिहा भए लगत्तै साँझ ६ः२० बजे नेपाल प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । यस सम्बन्धमा आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण चिमरियासँग बुझ्दा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको भनी जानकारी गराइए पनि सो सम्बन्धमा झापा जिल्ला प्रहरी प्रमुख विष्णुकुमार के.सी.ले उनीहरूलाई पक्राउ नगरेको भनी आयोगको टोलीलाई गराएको जानकारीबाट उनीहरूको अवस्था वेपत्ता रहेको बुझिएको छ” प्रबक्ता अन्सारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठः

प्रेस विज्ञप्ति

पक्राउ परेका व्यक्तिहरूको अवस्था सार्वजनिक गर ।

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भनिएका सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई जिल्ला अदालत सुनसरीको प्रवेशद्वारबाट नेपाल प्रहरीले नियन्त्रणमा लिई अवस्था सार्वजनिक नगरेको भनी आयोगमा प्राप्त सूचनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

आयोगलाई प्राप्त जानकारी अनुसार निजहरुलाई २०७४ चैत्र १८ गते बन्दीप्रत्यक्षीकरणको आदेशले सुनसरी जिल्ला अदालतबाट रिहा भए लगत्तै साँझ ६ः२० बजे नेपाल प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । यस सम्बन्धमा आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण चिमरियासँग बुझ्दा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको भनी जानकारी गराइए पनि सो सम्बन्धमा झापा जिल्ला प्रहरी प्रमुख विष्णुकुमार के.सी.ले उनीहरूलाई पक्राउ नगरेको भनी आयोगको टोलीलाई गराएको जानकारीबाट उनीहरूको अवस्था वेपत्ता रहेको बुझिएको छ । सो सम्बन्धमा लिखित जानकारी माग गरी आयोगको विराटनगर कार्यालयले आजै सम्बन्धित सुरक्षा निकायसँग पत्राचार समेत गरेको छ ।

अतः नेपालको संविधानले कुनैपनि व्यक्तिलाई प्रदान गरेको न्याय सम्बन्धी हकको प्रचलनमा अवरोध नगर्न, मौलिक हक प्रचलनको सुनिश्चितता सहित अदालतको आदेशको सम्मान गरी पक्राउ परेका व्यक्तिहरुको अवस्था अविलम्ब सार्वजनिक गर्न र आयोगलाई सोको जानकारी गराउन आयोग सम्बन्धित प्रहरी कार्यालयलाई आग्रह गर्दछ । साथै, व्यक्तिको मानव अधिकारको सम्मान र संरक्षणको सुनिश्चित्ताका लागि मातहतका निकायहरूलाई निर्देशन दिन नेपाल सरकार र नेपाल प्रहरीलाई विशेष आग्रह गर्दछ ।

मोहना अन्सारी
सदस्य/प्रवक्ता

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...