News Portal

रेडियो सुन्नुहोस्

जबरजस्ती करणीका घट्ना न्युनीकरण गर्न कार्ययोजना निमार्ण गरिने

सागर रिजाल प्युठान, २१ चैत
१११५ पटक
प्युठान, २१ चैत

प्युठान प्रहरीले जबरजस्ती करणीका घटना न्युनीकरण गर्नका लागि कार्ययोजना निमार्ण गर्ने भएको छ ।
जिल्लामा जबरजस्ती करणीका घटनामा वृद्धि भएपछी कार्ययोजना निर्माण गरि लागु गर्न लागिएको जिल्ला प्रहरि कार्यालय प्यूठानका प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

बुधबार सदरमुकाम खंलगामा जबरजस्तीकरण अपराध अनुसन्धान तथा नियन्त्रण अभियान सञ्चालन गर्न सरोकारवाला संग अन्र्तक्रिया कार्यक्रम मार्फत कार्ययोजना निर्माणकालागि सुझाव संकलन गरिएको छ ।
कार्यक्रममा सहभागीहरुले जबरजस्तीकरणीका घट्ना न्युनीकरण गर्नका लागि राजनैतिक हस्तक्षेप वन्द गर्नुपर्ने, घरेलु हिंसा अन्त्य गर्नुपर्ने, कानुनमा उल्लेख गरिएका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने, विद्यालय स्तरबाट अपराध न्युनीकरण गर्नका लागि पाठ्यक्रममै विषयबस्तु उल्लेख गर्नुपर्ने लगाएतका सुझावहरु राखेका थिए।


कार्ययोजना निर्माणको क्रममा आवश्यक विषयवस्तु समावेश गर्नका लागि पार्वता आचार्य, जिल्ला बालकल्याण समितिका अध्यक्ष मेघराज भट्ट, जिला बार एसोसिएसन प्युठानका अध्यक्ष डा. शिवराज पण्डित, जिल्ला अस्पतालका डाक्टर शुशिल आचार्यले विषयवस्तुमाथि टिप्पणी राख्नुभएको थियो ।
अन्र्तक्रियामा टिप्पणीका रुपमा आएका विषयबस्तुलाई समेटी ३ महिनामा कार्ययोजना निर्माण गरिने प्रहरी नायव उपरिवेक्षक राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिती प्युठानका प्रमुख केशवराज आचार्यले जिल्लामा संख्यात्मकरुपमा वढेको जबरजस्तीकरणीका घट्ना न्युनीकरण गर्नका लागि स्थानीय तह सम्ममा कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

अपराधका घटना वढे, डिएसपि भन्छन–प्रहरिप्रतिको विश्वास वढ्यो
पछिल्लो समयमा जिल्लामा जवरजस्ति करणि र अपराधका घटनामा वृद्धि भएको छ। जिल्ला प्रहरि कार्यालयको पछिल्लो तिन वर्षको तथ्यांक हेर्दा अपराधका घटना वढि मात्रामा प्रहरिकोमा आईपुगेका हुन।
जिल्ला प्रहरि कार्यालय प्यूठानका प्रमुख राजेन्द्र पोख्रेलले पछिल्लो समय प्रहरिको आउने मुद्धाको संख्यामा वृद्धि भएको वताउनु भयो। कार्यक्रममा वोल्दै पोख्रेलले आम जनतामा प्रहरिप्रतिको विश्वास वढेकाले पनि मुद्धा आउने दर वढेको वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...