News Portal

रेडियो सुन्नुहोस्

सवै क्वारेन्टाइन भरिभराउ

सिखबर संवाददाताजेठ १६, २०७७
९२४ पटक
जेठ १६, २०७७

बन्दाबन्दीमा छिमेकी मुलुक भारतको सिमामा आएर अलपत्र प्यूठानीहरुको जिल्लाका नौं वटा स्थानिय सरकारले उद्धार गरि ल्याउन थालेपछि जिल्लाका सवै क्वारेन्टाइन भरिभराउ भएका छन्। विद्यालय , सामुदायिक भवनमा बनाइएका क्वारेन्टाइन स्थल भरिए पछि ब्यवस्थापनमा कठिनाई भैरहेको छ।
भारतबाट आएर कृष्णनगर, नेपालगञ्ज, रुपैडिया लगाएत सीमा क्षेत्रमा अलपत्र परेका जिल्लाबासीलाई जिल्ला समन्य समिति, जिल्ला प्रशासन कार्यालय र स्थानिय सरकारको समन्वयमा उद्धार गर्न सुरु गरिए सँगै जिल्लामा बनाईएका क्वारेन्टाइन भरिएका हुन्।
सोचे भन्दा बढि जिल्लाबासी भारतबाट भित्रिएपछि क्वारेन्टाइनमा व्यवस्थापन गर्न समस्या भएको प्यूठान नगरपालिकाका मेयर अर्जून कुमार कक्षपतिले बताउनुभयो। नगरपालिकामा एक हजार भन्दा वढि क्वारेन्टाइनमा बसिरहेको उहाँको भनाई छ। जिल्ला प्रहरी कार्यालय प्यूठानको रेकर्ड अनुसार गत जेठ ११ गते देखि १४ गते सम्म जिल्लामा झण्डै ४ हजार जना भित्रिएका छन्। जिल्ला भित्रिएका सवैलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो।
जिल्लाका ३ सय प्रहरीले क्वारेन्टाइनमा बसेकाहरुलाई सुरक्षा दिन समेत हम्मेहम्मे परेको छ। जिल्लाका नौं वटै स्थानिय सरकारले बनाएको प्रारम्भिक तथ्यांक अनुसार भारत सहित अन्य मुलुकबाट एक हप्ता भित्र पन्ध्र हजार भन्दा बढि जिल्ला बासी भित्रिने अनुमान छ।
क्वारेन्टाइन भरिभराउन भएता पनि आरडिटी र पीसीआर गर्नका लागि भीटिएम जिल्लामा अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो। जिल्लामा अहिले सम्म १२१ जनाको पीसीआर परिक्षण भएको छ। सवैको रिर्पोट नेगेटिभ आएको छ भने १५ जनाको आउन बाँकी रहेको छ। जिल्लामा ९ सय १८ जनाको आरडिटी परिक्षण् गरिएको छ समेत सुवेदीले जानकारी दिनुभयो। हाल सम्म जिल्लामा कोरोना संक्रमण कसैमा देखिएको छ्रैन्।
क्वारेन्टाइनमा बसेका मध्ये भारतबाट आएकी ऐरावति गाउँपालिका वडा नं ६ जनता मा.वि बिजुलीको क्वारेन्टाइनमा बस्दै आएकी २६ बर्षिय एक महिलाको मृत्यु भएको छ। ब्रेन टियूमरका कारण उनको मुत्यु भएको हो प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...