News Portal

रेडियो सुन्नुहोस्

सवै क्वारेन्टाइन भरिभराउ

सिखबर संवाददाताजेठ १६, २०७७
८०४ पटक
जेठ १६, २०७७

बन्दाबन्दीमा छिमेकी मुलुक भारतको सिमामा आएर अलपत्र प्यूठानीहरुको जिल्लाका नौं वटा स्थानिय सरकारले उद्धार गरि ल्याउन थालेपछि जिल्लाका सवै क्वारेन्टाइन भरिभराउ भएका छन्। विद्यालय , सामुदायिक भवनमा बनाइएका क्वारेन्टाइन स्थल भरिए पछि ब्यवस्थापनमा कठिनाई भैरहेको छ।
भारतबाट आएर कृष्णनगर, नेपालगञ्ज, रुपैडिया लगाएत सीमा क्षेत्रमा अलपत्र परेका जिल्लाबासीलाई जिल्ला समन्य समिति, जिल्ला प्रशासन कार्यालय र स्थानिय सरकारको समन्वयमा उद्धार गर्न सुरु गरिए सँगै जिल्लामा बनाईएका क्वारेन्टाइन भरिएका हुन्।
सोचे भन्दा बढि जिल्लाबासी भारतबाट भित्रिएपछि क्वारेन्टाइनमा व्यवस्थापन गर्न समस्या भएको प्यूठान नगरपालिकाका मेयर अर्जून कुमार कक्षपतिले बताउनुभयो। नगरपालिकामा एक हजार भन्दा वढि क्वारेन्टाइनमा बसिरहेको उहाँको भनाई छ। जिल्ला प्रहरी कार्यालय प्यूठानको रेकर्ड अनुसार गत जेठ ११ गते देखि १४ गते सम्म जिल्लामा झण्डै ४ हजार जना भित्रिएका छन्। जिल्ला भित्रिएका सवैलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो।
जिल्लाका ३ सय प्रहरीले क्वारेन्टाइनमा बसेकाहरुलाई सुरक्षा दिन समेत हम्मेहम्मे परेको छ। जिल्लाका नौं वटै स्थानिय सरकारले बनाएको प्रारम्भिक तथ्यांक अनुसार भारत सहित अन्य मुलुकबाट एक हप्ता भित्र पन्ध्र हजार भन्दा बढि जिल्ला बासी भित्रिने अनुमान छ।
क्वारेन्टाइन भरिभराउन भएता पनि आरडिटी र पीसीआर गर्नका लागि भीटिएम जिल्लामा अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो। जिल्लामा अहिले सम्म १२१ जनाको पीसीआर परिक्षण भएको छ। सवैको रिर्पोट नेगेटिभ आएको छ भने १५ जनाको आउन बाँकी रहेको छ। जिल्लामा ९ सय १८ जनाको आरडिटी परिक्षण् गरिएको छ समेत सुवेदीले जानकारी दिनुभयो। हाल सम्म जिल्लामा कोरोना संक्रमण कसैमा देखिएको छ्रैन्।
क्वारेन्टाइनमा बसेका मध्ये भारतबाट आएकी ऐरावति गाउँपालिका वडा नं ६ जनता मा.वि बिजुलीको क्वारेन्टाइनमा बस्दै आएकी २६ बर्षिय एक महिलाको मृत्यु भएको छ। ब्रेन टियूमरका कारण उनको मुत्यु भएको हो प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...