News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारीमा बन्यो २६ बेडको आईसोलेसन कक्ष

बोम बहादुर परियार जेठ २३, प्यूठान
१५९८ पटक
जेठ २३, प्यूठान

प्युठानको स्वर्गद्वारी नगरपालिकामा २६ बेडको आईसोलेसन कक्ष तयार पारिएको छ ।

पि सि आर बिधिबाट कोरोना पुस्टी भएका तर कुनै समस्या नदेखिएका सामान्य अबस्था भएका बिरामिहरुलाई राखेर उपचार गर्नका लागी बिहिबार नगरपालिकाका २ स्थानमा छुट्टाछुट्टै कक्ष स्थापना गरिएको हो । नगरपालिकामा पहिलो कोरोना सन्क्रमित देखिए संगै उनिहरुको ब्यबस्थित रुपबाट उपचार गर्नका लागी जिल्लामा पहिलो पटक स्थानिय तहमा समान्य बिधिमार्फत उपचार गाराउने आईसोलेसन तयार पारिएको हो। प्राथमिक स्वास्थ्य केन्द्रमा ३ र जिमुरपाटामा २३ गरि २६ बेडको आईसोलेसनमा मनोरन्जनका लागी TV सहित कक्ष तयार पारिएको नगरपालिका स्वास्थ साखाले जनाएको छ । नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोग र प्राथमिक स्वास्थ केन्द्र भिंग्रीको नक्सांकनमा उक्त कक्ष स्थापना गरिएको हो ।

साथै नगरपालिकाका एकजना कोरोना पुस्टी भएका पुरुषको जिमुरपाटा स्थित आईसोलेसन कक्षमै राखी उपचार गरिएको छ । अहिले उनको रेखदेखको लागी एकजना मेडिकल अधिकृत सहित ३ जना कर्मचारी प्राथमिक स्वास्थ केन्द्र भिङ्रीले खटाको छ । आफ्नै आबास टेन्ट निर्माण गरि २४ सै घन्टा बिरामिको रेखदेखमा स्वास्थ कर्मी बसेका छन । भोलिका दिनमा थप सन्क्रमितको सङ्ख्या बढदै गएमा अबस्था अनुसार स्वास्थकर्मी खटाई उपचार गराउने प्राथमिक स्वास्थ्य केन्द्र भिङ्रीका प्रमुख डाक्टर राजेन्द्र पौडेल ले बताउनु भयो । साथै उहाले भन्नुभयो “बिश्व अहिले कोरोना आक्रान्तमा छ ,नगरपालिका भित्रका कोरोना संक्रमितलाई यहि व्यवस्थित गर्ने उदेश्यले नगरपालिका कार्यलयको समन्वयमा फरक कक्ष निर्माण गर्न सफल भएका छौं । स्वर्गद्वारी नगरबासीलाई मात्र होइन आवश्यक परेको अवस्थामा जिल्लाको अन्य पालिकाका संक्रमितलाई पनि हामी यहि आइसोलेसनमा व्यवस्थित गर्न सक्षम छौं, जिल्ला बाहिरका कोरोना विशेष अस्पतालहरू लक्षण देखिएका कोरोना संक्रमितले भरिभराउ छन यस्तो कठिन परिस्थितिमा लक्षण नदेखिएका संक्रमितलाई विशेष अस्पतालले नलिन सक्छ उनीहरूले विषेश रेखदेख नपाएर अवस्था कठिन हुन सक्छ।” त्यस्तो स्थितिमा राष्ट्रको नीति अनुसार जिल्लाभित्रका सामान्य संक्रमितलाई विशेष सुविधाको लागि यो आईसोलेसन तयार पारिएको उहाको भनाई छ ।

त्यस्तै नगरपालिकामा देखिएको कोरोना संक्रमणमित को अबस्था अहिले सामान्य रहेको बताईएको छ । अर्का एकजना भारतबाट आएका युवालाई सामान्य स्वास्थ सामस्या देखिएपछी बिहिबार देखी स्वास्थ केन्द्र भिङ्रीको आईसोलेसन कक्षमा राखी उपचार गराईएको छ । उनको छिटै स्वाब सन्कलन गरि पि सि आर जाचका लागी पठाउने तयार गरिएको डाक्टर पौडेलले बताउनु भयो । त्यस्तै बिहिबार स्वर्गद्वारी न प १ कोचिबाङमा भारतबाट आएका १०५ जनाको आर डि टि जाच गरिएको थियो । जसमध्य एकजना महिला सहित ८ जनामा उक्त जाच पोजिटिभ आएको स्वास्थ साखाले जनाएको छ । पि सि आर का लागी ५ जनाको स्वाब बिहिबार नै सन्कलन गरिएको छ भने बाकी ३ जनाको शुक्रबार गरिने स्वास्थ साखाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...