News Portal

रेडियो सुन्नुहोस्

यि हुन नौवहिनीमा सम्मानित हुने विशिष्ट जेष्ठ नागरिक

सिखबर संवाददाता१७ असोज प्यूठान
८१२ पटक
१७ असोज प्यूठान

नौवहिनी गाँउपालीकाले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ५ जना जेष्ठ नागरिकलाई विशेष सम्मान गरेको छ। सामाजिक, राजनितीक, ईतिहाँस, आयुर्वेदविज्ञान र समाजसेवाको क्षेत्रमा विशेष योगदान गर्ने ५ जनालाई गाँउपालिकाले विशेष सम्मान गरेको हो। साथै मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम र गाँउपालीकाको सहकार्यमा ८५ जना जेष्ठ नागरिकलाई फिल्टर, छाता र कम्वल सहयोग गरिएको छ। जेष्ठ नागरिकको स्वास्थ्य र सुरक्षामा सहयोग पुगोस भनेर याेगदानकाे उच्च कदर गर्दै ५ जनालाइ सम्मान र ८५ वर्ष माथिका पालिकाभरका जेष्ठ नागरिक मध्य सुरुवातमा ८५ जना लाई सम्मान गरिएको गाँउपालीका अध्यक्ष शिवराज रिजालले वताउनु भयो। पालिकाले पालिकामा रहेका जेष्ठ नागरिकको तथ्या‌ँक तयार गरेर सवैको सम्मान र सँरक्षण गरिने समेत वताउनु भयाे।

कार्यक्रमका प्रमुख अथिती गाँउपालीका उपाध्यक्ष घन वहादुर वुढाले जेष्ठ नागरिक समाज र राष्टका अभिभावक रहेकाले जेष्ठ नागरिको सम्मान र संरक्षण गर्नु सवैको दायित्व रहेको वताउनु भयो। उहाँले योगदानको कदर गर्दै जेष्ठ नागरिकको अनुभव र सिपवाट समाज अगाडी वढने वताउनु भयो।

गाँउपालीका अध्यक्ष शिवराज रिजालको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालीका उपाध्यक्ष घन वहादुर वुढा प्रमुख अथिती रहनुभएको थियो। निमित्त प्रमुख प्रशासकिय अधिकृत अरविन्द्र व्रह्मा, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालीका सदस्यहरु, मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रमका सदस्यहरु विष्णु वहादुर के.सी र दिपा घर्ती लगायतको आथित्यता रहेको कार्यक्रमको सहजिकरण अधिकृत दामोदर पाण्डेले गर्नुभएको थियो।

नौबहिनी गाउँपालिकाले “Pandemics: Do They Change How We Address Age and Ageing ? “ भन्ने नाराका साथ ३०औँ अन्तर्राष्ट्रिय जेष्ठनागरिक दिवस् अक्टोबर १ २०२० को अवसरमा जेष्ठ नागरिकहरुको सम्मान गरेको हो।

 

सुर्य बहादुर के सी 

यस नौबहिनी क्षेत्र तथा देश कै अग्रणी तथा अग्रज राजनितीकर्मी व्यक्तित्व हुनुहुन्छ। बहाँ यस क्षेत्र कै कुशल अगुवा मार्गदर्शक नेत्रृत्व को पर्याय हुनुहुन्छ । बहाँ को जन्म वि स साल फागुन २३ गते नौबहिनी गाउपालिका हालको वडा न ६ अन्तरगत पर्ने लुङ्ग भन्ने गाउँ मा सामान्य परिवार मा भएको हो । वहाँले औपचारीक शिक्षा प्यूठान बाग्दुलाबाट एस एल सी सम्म पुरा गर्नु भएको छ । बहा को परिवार मा श्रीमती ,पाँच छोरा तथा तिन छोरी रहेका छन । वहाको व्यक्तित्व त्याग र समर्पणको भावनाभएको,राजनिती लाइ पेशाभन्दा पनि देश र जनताको सेवा हो भन्ने भावना भएको रहेको छ । शुरुवातमा शिक्षण पेशामा वि स २०२९ साल देखी २०३२ सालसम्म लागेता पनि वहालाइ देश परिवर्तन गर्नु पर्छ जव सम्म राजनिक स्वतन्तत्रा हुदैन तव सम्म जनताको मुक्ती सँभव छैन ठानी वहाँ ले राजनिक जिवन मा विस्तारे कदम चाल्नु भयो । र राजनिक परिवरतन र सँघर्षमा होमिनु भयो। तात्कालिन नेपाल कम्यूनिष्ट पार्टी पुष्पलाल खेमा को राजनितिक कित्ता बाट राजनितिक जिवन शुरु गर्नु भएका के सी सधै भरी बाम आन्दोलन तथा राजनितीक परिवर्तन को साक्षी तथा सहभगी भइरहनु भयो । कृर पन्चायत विरोधी आन्दोलन मा सकृय वहा वि स २०३४ साल बैशाख देखी अशोज सम्म कठोर जेल जिवन नि भोग्नु पर्यो । वहाको देश र जनताको सेवा गर्ने उच्च आदर्श भावना त्यती मा मात्र सिमित रहेन रहोस पनि किन मन मष्तिस्क ले जनता को मुक्ती र सेवा गर्नु पर्छ भन्ने भावना जो प्रवल थियो । वि स २०४७ को जन आन्दोलन मा सकृय रहनु भएका के सी त्यस पछि भएको स्ठानिय निर्वाचन मा साविक को लुङ्ग गा वि स बाट अध्यक्षको रुपमा निर्वाचित भएर यस क्षेत्रको आर्थिक सामाजिक राजनितिक परिवर्तन मा अहोरात्र खटिरहनु भयो ।जसले गर्दा नै होला यस क्षेत्रका जनताका मन खाने नेता को हैशियतले वि स २०५४ साल को स्थानिय निर्वाचन मा पनि पुन निर्गाचित हुन सफल हुनु भयो । र अहोरात्र देश र जनता को सेवा मा खटिरहनु भयो । विकाश मा लागि रहनु भयो । नया पुस्ताकालागी राजनिक निष्ठा र त्याग को लागी प्रेरणाको स्रोत भइ रहनु भयो । र भइ रहनु हुनेछ । हाल पनि वहा निरन्तर यस क्षेत्रको विकास र उन्नती मा नया पुस्ता लाइ सहयोग हौसला दिइरहनुहुन्छ । जसले गर्दा नै होला यी वयो उमेर मा पनि विभिन्न सँघसस्था मा प्रत्यक्ष परोक्ष रुप मा सहभागी भइ दिशानिर्देश गरिरहनुभएको छ । यसरी जिवन को महत्वपुर्ण काल अझै भनौ पुरा जवानी देश र जनता को नाम मा सेवा अर्पण गर्नू भएका आदरणीय अग्रज ,हाम्रा प्रिय राज नेता , सँघर्ष का पर्याय, उच्च रानितिक व्यक्तित्व लाइ विशिष्ठ जेष्ठ नागरिक को रुप मा सम्मान गर्न पाउदा नौबहीनी गाँउपालिका गौरवान्वित महशुश गर्दछ ।

 

देवेन्द्र कुमार रिजाल

यस नौबहिनी क्षेत्र तथा राष्ट्रकै शिक्षा तथा साहित्य क्षेत्रका प्रतिष्ठित तथा मुर्धन्य व्यक्तित्व हुनुहुन्छ । वहाँको जन्म वि।स। २०१५ साल कार्तिक १५ गते यसै नौबहिनी गाउँपालिका हालको वडा नं।६ अन्तर्गत पर्ने लुङ्ग भन्ने गाउँमा भएको हो । वहाँको परिवारमा श्रीमती , २ छोरी र एक छोरा रहेका छन्। वहाँ सानै देखि सरल स्वभाव हुनुहुन्थ्यो । वहाँले औपचारिक शिक्षा लिने क्रममा गाउँकै भानु मा।वि।मा कक्षा आठ सम्म नौ र दश प्यूठान मा।वि।मा र स्नातक नेपालगञ्ज हुदै स्नातकोत्तर(M.ed Nepali) त्रिभुवन विश्वविद्यालयबाट गर्नुभएको हो । औपचारिक शिक्षा ग्रहण गर्ने बेलै देखि शिक्षण पेशामा संलग्न हुनु भएका रिजाल साधा जीवन उच्च विचार राख्ने व्यक्तित्व हुनु हुन्छ । वहाँ रोल्पा हुदै विभिन्न अन्य जिल्लामा शिक्षण गरेर अन्त्यमा गंगा मा.वि. बहानेमा करिब १७ बर्ष सहित करिब २९ बर्ष शिक्षण पेशामा संलग्न हुनुभएको साथ साथै वहाँले साहित्यमा पनि वहाँको योगदान त्यतिकै उच्च रहेको छ । वहाँका प्रकाशीत कृतिहरुमा २०६६ सालमा आमाको पुकार नामक नाटक, २०६८ सालमा अनुभुतिका रङहरु नामक कविता संग्रह तथा २०७५ सालमा हाम्रो शिक्षा के कति रु नामक नाटक रहेका छन्। वहाँ हाल साहित्य काला संस्कृति उन्नयनमा निरणतर अभरात्र खटिनु भएको छ । यसरी यस क्षेत्रमा शिक्षा र साहित्यमा अतुलनिय योगदान पुराउनु हुने शिक्षा प्रेमी, साहित्यकार तथा मुर्धन्य व्यक्तित्वलाई प्रतिष्ठीत जेष्ठ नागरिक सम्मान गर्न पाउदा नौबहिनी गाउँपालिका गौरवान्बित महसुश गर्दछ ।

 

देवीराम पुन

यस नौबहिनी क्षेत्र तथा राष्टकै लागि प्रतिष्ठित तथा समाजसेवी व्यक्तित्व हुनुहुन्छ । वहाँको जन्म वि।स। २०१५ साल फाल्गुन १७ गते हालको नौबहिनी गाउँपालिका वडा नं ८ अन्तर्गत पर्ने फोप्ली भन्ने गाउँमा भएको हो । वहाँले औपचारिक शिक्षा कक्षा ८ सम्म नौबहिनी गाउँपालिकाकै शिर्पमा रहेको विद्यालबाट गर्नु भएको हो । सामान्य आदिवाशी जनजाति परिवारमा जन्मिनुभएका पुन विविध घरायसी कारणले औपचारिक शिक्षालाई निरणतरता दिन सक्नुभएन । वहाँ घरायसी जिम्मेवारी र समस्याका वाबजुत पनि निरणतर यस क्षेत्रमा रहेर समाजिक कार्यमा सक्रय भई रहनुभयो । सामाजिक कार्यमा सक्रयता संगै वहाँले विस्तारै नेपाली काग्रेसबाट राजनितिक जिवन सुरु गर्नुभयो । २०४९ सालमा साविकको फोप्ली गा।वि।सको अध्यक्ष पदमा निर्वाचित हुनु भयो । निर्वाचित भएसंगै निरणतर यस क्षेत्रको बिकासमा लाग्न वहाँलाई हौसाइ रहयो ।देशका हरेक खाले परिवर्तनमा वहाँ राजनितिको साथ साथै समाज परिवर्तन र उन्नयनमा सामाजिक अगुवा भएर लाग्नु भयो । दशबर्षे द्वन्दकालमा राजनितिक व्यक्ति भएकै कारणले सामाजिक कार्य गर्न केही असहज परिस्तिति निर्माण भएपनि खाने मुखलाई जुङ्गाले छक्दैन भनेझौ सामाजिक अभियनता, समाजसेवा तथा यस क्षेत्रको विकास गर्ने हुटहुटी कारणले गर्दा वहाँ शान्ति प्रकृया सुरुभए संगै पुन राजनितिक तथा सामाजिक रुपमा सकृय हुनुभयो । सो योगदानको कदर गर्दै यस्तो विकट र दुर क्षेत्रबाट पनि नेपाली काग्रेसको तर्फबाट २०६४ सालको संविधानसभा सदस्यकोलागी समानुपातिक उम्मेद्वार को रुपमा सिफारिस हुनु भयो । साथै वहाँ यस क्षेत्रको विकास निर्माणका लागि अभियानताको रुपमा खानेपानि समितिको अध्यक्ष वन समितिको अध्यक्ष, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा यस्ता विकास निर्माणका अनेकौ समितिहरुमा अगुवा भएर यस क्षेत्रको सर्वाङ्गण विकासमा अग्रणी भुमिका खेल्नु भयो साथ साथै आदिवाशी जनजातिको उत्थान , कला संस्कृति संरक्षणमा पनि उत्तिकै भुमिका रहेको छ । यसै क्रममा राष्ट्रिय मगर संघको केन्द्रीय समिति सदस्य भएर दुई कर्यकाल तथा हाल सोई संघको सल्हाकार समितिको सदस्य हुनुहुन्छ । त्यसै गरि आदिवासी जनजाति महासंघ प्यूठान जिल्ला सदस्य भएर भाषा कला संस्कृती जोगाउन संरक्षण सम्वर्दन गर्न निरणरत लागि रहनुभएको छ । यसरी यस क्षेत्रको सामाजिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउनु हुने विकास प्रेमी , समाजसेवी व्यक्तित्वलाई प्रतिष्ठीत जेष्ठ नागरिक सम्मान गर्न पाउदा नौबहिनी गाउँपालिका गौरवान्वीत महसुस गर्दछ ।

 

सुर्य बहादुर विश्वकर्मा(प्रभू)

एक साधारण शिल्पीकार र किसान परिवार मा वि स १९९४ साल अशोज ७ गते यसै नौबहिनी गाँउपालिका को बडा न ४ अन्तर्गत खवाङ्ग भन्ने गाँउमा जन्मिनु भएको हो । बहाँले घरायसी समस्या तथा सामाजिक कारणले गर्दा औपचारीक शिक्षा हासिल गर्न सक्नु भएन र पनि बहाँ ले पुर्ख्योली पेशा मा निपुर्णता हासिल गर्नुभएको छ । वहाँ यस क्षेत्रकै कुशल शिल्पीकार हुनुहुन्छ । बहाले दैनिक जिवनयापन गर्ने कृषी औजार देखी बन्दुक बनाउने सम्मको दक्षता वहाँमा रहेको छ । एक पटक सानै उमेरमा करिव १४ बर्षको उमेरमा घरबाट हराउदा बुवा ले क्रिया कर्म गर्दिएको र उत्रनी दिन यहा अचानक घरमै आइपुगेको र वहामा दैबी शक्ती को जागरुकता भएको र त्यस दिन देखी तान्त्रीक विधी बाट समेत उपचार गरी यस क्षेत्रका जनता लाइ गुन लगाउनु भएको सहयोगी विगत रहेको छ । साथै बहा परम्परागत आयुर्वेद विज्ञान तथा स्थानिय जडिबुटी को बारेमा अनुसन्धान र दख्खल राख्नुहुन्छ । स्थानीय स्तरका अस्पताल तथा आधुनिकऔषधी नपुगेका बेलामा वहाँले धेरै जनाको घरेलु उपचार विधिबाट निको पारी ज्यान जोगाउदै आउनु भएको छ । वहाँ एक सरल, मानविय भावना भएको बहुमुखी प्रतिभा र सिपको धनी व्यक्तित्व हुनुहुन्छ । वहाँले यस क्षेत्रलाई निकै ठूलो गुण लगाउनु भएको छ । यसर्ध वहाँ जस्तो विशिष्ठ व्यक्तित्व लाई विशिष्ठ जेष्ठ नागरिक सम्मान गर्न पाउदा नौबहिनी गाउँपालिका गौरवान्वीत महशुस गर्दछ ।

 

चनमति बुढा

यस नौबहिनी गाउँपालिका क्षेत्रकै सबैभन्दा जेष्ठ उमेर हुनुभएकी वरिष्ठ जेष्ठ नागरिक हुनुहुन्छ । वहाँको जन्म वि।स। १९६७ साल बैसाख एक गते ९नागरिकता अनुसार० मा गौमुखी गाउँपालिका हालको वडा नं। ३ अन्तर्गत पर्ने खरा टोलमा सामान्य गरिव किसान परिवारको घरमा भएको हो । वहाँ आर्थिक र सामाजिक पछ्यौटेपनको कारणले शिक्षाबाट बञ्चित हुनुपर्यो। पिछडिएको सोँच हावी भएको तात्कालिन समाजको कारण सानै उमेरमा बिहेवारी भइ नौबहिनि गाउपालिका बडान ३ स्थित घाँघु टोलमा बुहारी भएर आउनु भयो । हाल वहाँ श्रीमान, दुई छोरा संगै बस्नुहुन्छ र वहाँको तिन छोरीहरु पनि रहेका छन् । वहाँ सामान्य किसान परिवारमा जन्मिएकाले औषत किसान परिवारझै वहाँको जिवन यसै क्षेत्रमा परिवार धान्नु तथा कृषि कर्म गर्दै बित्यो । हाल वहाँ छोराहरुको संरक्षकत्वमा बुढेसकाल को जिन्दगी विताइरहनुभएको छ । वहाको हालको उमेर ११० बर्ष रहेको छ । उहाँ अहिले को पुस्ता को लागी उमेर र सँघर्षको पर्याय र जिजिविषा जिउने सवाल मा प्रेरणा की स्रोत हुनुहुन्छ । तसर्थ बहा हामी समग्र नौबही नी गाउपालीका की अदरणीय आमा हुनुहुन्छ । यसरी वहाँ लाइ विशिष्ट जेष्ठनागरिक सम्मान गर्न पाउदा नौबहिनी गाउँपालिका गौरवान्वित महसुस गर्दछ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...