News Portal

रेडियो सुन्नुहोस्

स्थानीय सरकार : अन्तर्वार्ता लिने बाबु, पास हुने छोरी

सिखबर संवाददाता १४ फाल्गुन, दाङ
९६७ पटक
१४ फाल्गुन, दाङ

गाउँका सिंहदरबारका नाममा कहलिएका स्थानीय सरकारहरुले ‘आफन्तावाद’ मा लिप्त भएका गुनासा झेल्नु परिरहेको छ । बिकासे योजना होस् या त कर्मचारी नियुक्तीको विषयमा होस् आफ्ना आफन्त वा निकटस्थलाई प्राथमिकता दिने गरेका उदाहरण दाङका स्थानीय तहहरुमा पनि ब्याप्तै छन् । यति सम्मकी घोराही उपमहानगरपालिकाका एक हाकिम बाबुले आँफ्नै छोरीलाई कर्मचारी नियुक्ती गरेका छन् । घोराही उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख बासुदेव आचार्यले आफ्नै छोरी दिपा आचार्यको अन्तर्वार्ता लिएर पास गराएका छन् ।

उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीको लगत संकलन तथा लगत प्रविष्टकथर्ताका लागि करार कर्मचारीको आवेदन माग गर्यो । उपमहानगरको उक्त आवेदन माग अनुसार उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुखकी छोरी दिपा आचार्यले पनि आवेदन दिईन् । उक्त कर्मचारी छनौट प्रकृयामा दीपाका बाबु बासुदेव आँफै बसे । उनले छोरीको अन्तर्वार्ता लिए अनि करार कर्मचारीमा नियुक्त गरिदिए ।

‘मेरो छोरी सक्षम भएर उ आँफै पास भएको हो,’ उनले भने ‘छोरीले म भएको कार्यालयमा जागिर खानै नपाउने भन्ने पनि हुन्छ र र?’ उनका अनुसार करारमा कर्मचारी नियुक्तीका लागि उपमहानगरले बनाएको कार्यविधिको मापदण्ड अनुसारनै आफ्नी छोरी कर्मचारी नियुक्त भएको बताए । उपमहानगरले करार कर्मचारी नियुक्तीका लागि सर्टिफिकेट, बसोबास स्थल लगाएतलाई आधार बनाएर अंक प्रदान गर्ने गर्दछ । अनि प्रतिस्पर्धीहरुको अन्तर्वार्ता लिएर कर्मचारी नियुक्त गरिन्छ ।

उपमहानगरपालिकाको प्रशासन प्रमुख बासुदेव भने आँफै कर्मचारी छनौट गर्न अन्तर्वार्ता लिन बसेका थिए । कर्मचारी चयन प्रकृयामा प्रतिस्पर्धीका आफ्ना आफन्तहरु बस्नु गलत मानिन्छ । ‘आफ्नै छोरीको अन्तरवार्ता लिएर पास गराउनु त सरासर गलते हो,’ उपमहानगरका एक वडा अध्यक्षले भने ‘आफ्नो छोरीको अन्तर्वार्ता लिएर छोरीलाई कर्मचारी चयन गरेपछि बाबुको अन्तर्वार्ता प्रकृयालाई कति निश्पक्ष मान्ने रु’ आफ्नी छोरीको अन्तर्वार्ता लिएका बासुदेवले आफ्नी छोरी लगाएत ३ जनालाई भूमिहीन सुकुम्बासीहरुको लगत प्रविष्टकर्ता पदमा नियुक्त गरेका छन् ।

बासुदेवले आफ्नी छोरी कर्मचारी नियुक्त भएको स्वीकार गरेपनि उपमहानगरपालिकाका मेयरले भने कर्मचारी नियुक्त भएकी दिपा बासुदेवको छोरी नभएको दाबी गरे । ‘उहाँका छोरी नै छैनन्,उहाँको छोरी कसरी नियुक्त हुनुभयो रु’ उनले भने ‘कसैले आँफू कर्मचारी नियुक्त हुन नपाउनुको आक्रोश पोखेको होला ।’ आफ्ना प्रतिष्पर्धीलाई आफनैले अन्तर्वार्ता लिनु जायज नभएको भन्दै मेयर चौधरीले प्रशासन शाखा प्रमुखले त्यस्तो गल्ती नगर्ने भन्दै उनको बचाउ गरे । उनले कुनै पनि छोरीलाई कुनैपनि बाबुले पास नगराएको दाबी गर्दै कर्मचारी चयनमा निश्पक्षता भएको दाबी समेत गरे ।

नागरिक दैनिककाट साभार

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...