News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी आश्रममा आगलागी हुदा एक बालकको मृत्यु

सिखबर संवाददाताफागुन १७ प्यूठान
९७५ पटक
फागुन १७ प्यूठान

धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्वारीमा रहेको गाई गोठमा आगोलागि हुदा एक जना १५ बर्षिय बालकको मुत्यु भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी आश्रमको गाईगोठमा आईतबार साँझ आगलागी हुँदा स्थानीय टिके बिकको छोरा हेमे बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक देवि प्रसाद गैह्रेले जानकारी दिनुभयो।प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।

“गोठमा बालक गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी निरीक्षक गैह्रेले भन्नुभयो, “आगलागी कसरी भयो भन्ने पनि खुलेको छैन, अनुसन्धान गर्दै छौँ ।”
यस्का साथै आश्रमका गाईहरुको लागि स्थानीयबाट संकलन गरि राखिएको १४ सय भारि खर पनि पुर्ण रुपमा जलेर नष्ट भएको छ।

आश्रमका प्रमुख प्रशासकिय अधिकृत हरि अधिकारीले गोठ जलेर पुरै खरानी भएपछी आश्रममा पालिएका करिब ६ सय गाई खुला चौरमा राखिएको जानकारी दिनुभयो । ‘गाईलाई २ महिना पुग्ने खर जलेर ध्वस्त भयो,’ उहाले भन्नुभयो।’ गाईलाई खुल्ला चौरमा छोडेका छौँ’।

 

आगलागीबाट करिब ७० लाख रुपियाँ बराबरको नोक्सानी भएको आश्रमले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...