News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी आश्रममा आगलागी हुदा एक बालकको मृत्यु

सिखबर संवाददाताफागुन १७ प्यूठान
११६१ पटक
फागुन १७ प्यूठान

धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्वारीमा रहेको गाई गोठमा आगोलागि हुदा एक जना १५ बर्षिय बालकको मुत्यु भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी आश्रमको गाईगोठमा आईतबार साँझ आगलागी हुँदा स्थानीय टिके बिकको छोरा हेमे बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक देवि प्रसाद गैह्रेले जानकारी दिनुभयो।प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।

“गोठमा बालक गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी निरीक्षक गैह्रेले भन्नुभयो, “आगलागी कसरी भयो भन्ने पनि खुलेको छैन, अनुसन्धान गर्दै छौँ ।”
यस्का साथै आश्रमका गाईहरुको लागि स्थानीयबाट संकलन गरि राखिएको १४ सय भारि खर पनि पुर्ण रुपमा जलेर नष्ट भएको छ।

आश्रमका प्रमुख प्रशासकिय अधिकृत हरि अधिकारीले गोठ जलेर पुरै खरानी भएपछी आश्रममा पालिएका करिब ६ सय गाई खुला चौरमा राखिएको जानकारी दिनुभयो । ‘गाईलाई २ महिना पुग्ने खर जलेर ध्वस्त भयो,’ उहाले भन्नुभयो।’ गाईलाई खुल्ला चौरमा छोडेका छौँ’।

 

आगलागीबाट करिब ७० लाख रुपियाँ बराबरको नोक्सानी भएको आश्रमले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...