News Portal

रेडियो सुन्नुहोस्

सबैका मनको अवार्ड जितेका श्यामलाई नेपाल म्यूजिक अवार्ड

गोविन्द विश्वकर्मा२२ वैशाख
१६४९ पटक
२२ वैशाख

नेपाली गीत संगीतको क्षेत्रमा विगत एक दशकदेखि निरन्तर गीत संगीतलाई प्रविधिको विकास संगै स्तरीयता तर्फ ढल्काउनका लागी लागी परिरहेको व्यस्त तथा कुशल ध्वनि सम्पादक, गायक एवम् एरेन्जरको नाम हो श्यामश्वेत रसाइली ।

जुन नाम नेपाली गीत संगीत प्रेमि दर्शक श्रोता, कलाकार, सष्टा सर्जकका लागि अत्यन्तै लोकप्रिय र परिचित नाम हो ।
उनै वहुप्रतिभाशाली व्यक्तित्व रसाइलीले सबैको मनको अवार्ड त जितेकै छन तर वेला-वेलामा उनले विभिन्न उत्कृष्ट म्यूजिक अवार्ड समेत जित्न सफल भएका छन ।
यसै सन्दर्भमा शनिबार मात्र काठमाडौंमा सम्पन्न प्रथम नेपाल म्यूजिक अवार्डवाट सर्वाेत्कृष्ट ध्वनि सम्पादकको अवार्ड हात पारेको छन ।

रसाइली अहिलेका निकै चर्चित व्यस्त अनि पाका ध्वनि मुद्रणका रूपमा स्थापित भएका छन ।
उनले सम्पादन गरेका हजारौं गीतहरूले नेपाली संगीत बजारमा नाम मात्र नकमाएर दाम पनि कमाएका छन ।
रसाइली अमेरिका समेत पुगेर साउण्ड इन्जिनियरको अतिरिक्त ज्ञान समेत हासिल गरेका एकमात्र व्यक्ति पनि हुन ।

उनी अहिले प्रिज्मा डिजिटल रेकर्डिङ र रिमा रेकर्डिङ स्टुडियोमा कार्यरत रहेका छन ।
उनी बरिस्ठ संगीतकार एवम् एरेन्जर बिबि अनुरागी र गायिका श्वरूपा रसाइलीका भाई हुन।

अवार्ड वितरण पछि सि खवर संगको कुराकानीमा रसाइलीले यस्ता अवार्डले आफ्नो काम प्रति अझै लगनशील, उर्जाशिल, मेहनती र जागरिलो बन्न थप्न सहयोग गरेको बताए । साथै हाम्रो तर्फबाट पनि रसाइलीलाई हार्दिक बधाई ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...