News Portal

रेडियो सुन्नुहोस्

सबैका मनको अवार्ड जितेका श्यामलाई नेपाल म्यूजिक अवार्ड

गोविन्द विश्वकर्मा२२ वैशाख
१६६० पटक
२२ वैशाख

नेपाली गीत संगीतको क्षेत्रमा विगत एक दशकदेखि निरन्तर गीत संगीतलाई प्रविधिको विकास संगै स्तरीयता तर्फ ढल्काउनका लागी लागी परिरहेको व्यस्त तथा कुशल ध्वनि सम्पादक, गायक एवम् एरेन्जरको नाम हो श्यामश्वेत रसाइली ।

जुन नाम नेपाली गीत संगीत प्रेमि दर्शक श्रोता, कलाकार, सष्टा सर्जकका लागि अत्यन्तै लोकप्रिय र परिचित नाम हो ।
उनै वहुप्रतिभाशाली व्यक्तित्व रसाइलीले सबैको मनको अवार्ड त जितेकै छन तर वेला-वेलामा उनले विभिन्न उत्कृष्ट म्यूजिक अवार्ड समेत जित्न सफल भएका छन ।
यसै सन्दर्भमा शनिबार मात्र काठमाडौंमा सम्पन्न प्रथम नेपाल म्यूजिक अवार्डवाट सर्वाेत्कृष्ट ध्वनि सम्पादकको अवार्ड हात पारेको छन ।

रसाइली अहिलेका निकै चर्चित व्यस्त अनि पाका ध्वनि मुद्रणका रूपमा स्थापित भएका छन ।
उनले सम्पादन गरेका हजारौं गीतहरूले नेपाली संगीत बजारमा नाम मात्र नकमाएर दाम पनि कमाएका छन ।
रसाइली अमेरिका समेत पुगेर साउण्ड इन्जिनियरको अतिरिक्त ज्ञान समेत हासिल गरेका एकमात्र व्यक्ति पनि हुन ।

उनी अहिले प्रिज्मा डिजिटल रेकर्डिङ र रिमा रेकर्डिङ स्टुडियोमा कार्यरत रहेका छन ।
उनी बरिस्ठ संगीतकार एवम् एरेन्जर बिबि अनुरागी र गायिका श्वरूपा रसाइलीका भाई हुन।

अवार्ड वितरण पछि सि खवर संगको कुराकानीमा रसाइलीले यस्ता अवार्डले आफ्नो काम प्रति अझै लगनशील, उर्जाशिल, मेहनती र जागरिलो बन्न थप्न सहयोग गरेको बताए । साथै हाम्रो तर्फबाट पनि रसाइलीलाई हार्दिक बधाई ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...