News Portal

रेडियो सुन्नुहोस्

व्यवसायिक दुध उत्पादक वन्दै खैराका कृषक

सिखबर संवाददाता०१ श्रावण २०७८/ प्यूठान
१५०५ पटक
०१ श्रावण २०७८/ प्यूठान

प्यूठान नगरपालिका वर्डा नं १ खैराका कृषकहरु व्यवसायिक रुपमा दुध उत्पादनमा लागेका छन् । ५० परिवारले व्यवसायिक रुपमा दुध उत्पादनका लागी पशुपालन सुरु गरेका हुन । कुल ८२ लाख लागतमा कृषकहरुले उक्त व्यवसाय सुरु गरेको स्थानिय भोजवहादुर वस्नेतले वताउनु भयो । जसमध्य मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम (संघिय ससर्त अनुदान) र प्यूठान नगरपालिका मार्फत ४० लाख र कृषकको ४२ लाखको लागत साझेदारी रहेको छ ।

५० घरमा उन्नत जातका १ सयवटा गाई भैँसी खरिद गरिएको छ। ९४ वटा भैँसी र ६ वटा गाई पालनवाट उत्पादित दुधको वजारीकरणका लागी शिवालय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सहकार्य गरेको छ ।

प्यूठान नगरपालिकाले उत्पादनका आधारमा अनुदान दिने


प्यूठान नगरपालिकाले कृषकहरुलाई उत्पादनमुखी वनाउन उत्पादनको आधारमा अनुदान दिने भएको छ । राज्यले कृषीमा अत्याधिक लगानी गरेको तर, कृषकहरु विस्तारै अनुदानमुखी वन्न थालेकोले आगामी दिनमा उत्पादनको आधारमा अनुदान दिने पद्धतीको विकास गर्न थालिएको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले वताउनु भयो । चालु आर्थिक वर्षमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत जिल्लाका चिस्यान केन्द्रहरुमा आफ्नो उत्पादन भण्डारण गर्ने प्यूठान नगरपालिका भित्रका कृषकलाई अनुदान दिएकोमा आगामी वर्ष यसलाइृ थप विस्तार गरिने वताउनु भयो ।

प्यूठान नगरपालिका वर्डा नं १ खैरामा स्थापित शिवालय दुग्ध सहकारीको उद्घाटन गर्दै प्यूठान नगरपालिकाका नगरप्रमुख कक्षपतीले प्यूठान नगरपालिकाले उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक संरक्षण लगायतका सवालहरुमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी योजना तर्जुमा गरेको वताउनु भयो । यस्तै नगर उपप्रमुख शान्ता आचार्यले कार्यक्रममा वोल्दै स्थानिय सरकारको योजना, निती तथा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी वढाउन सवै एकतावद्ध भएर अगाडी वढनेमा जोड दिनुभयो ।

कार्यक्रममा प्यूठान नगरपालिका वर्डा नं १ अध्यक्ष रमेश आचार्य र ४ का वर्डाअध्यक्ष लक्ष्मिप्रसाद राजभण्डारी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष गिरुप्रसाद भण्डारी, स्थानिय समाजसेवी, वुद्धिजिवी र कृषकहरुको सहभागिता रहेको थियो ।

भिडियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...