News Portal

रेडियो सुन्नुहोस्

प्युठान नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

तेजेन्द्र बि.एम.२०७७ साउन २८
१६३० पटक
२०७७ साउन २८

प्युठान नगरपालिकाले बिहिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिती जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य रहनुभएको थियो । गत आ.व. २०७७/०७८ को प्रगति विवरण सार्वजनिक गर्नुका साथै सेवाग्राही र नगरवासिसंग दोहोरो संवाद गर्ने उदेश्यले सार्वजनिक सुनुवाई सम्पन्न गरीएको हो । गत आर्थिक वर्ष 2077/078 मा कुल ८७ प्रतिशत आर्थिक प्रगति भएको प्यूठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीले कार्यक्रममा जानकारी दिनुभयो ।

 

कोरोना कहरकै विचमा प्यूठान नगरपालिकाले सो आर्थिक वर्षमा अधिकांस कार्यक्रमहरु सफल रुपमा सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले विगतका वर्षहरुमा भएका लोकप्रिय कार्यक्रमहरुलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिदै जनताको जनजिवनमा प्रत्यक्ष प्रभाव पर्ने थप कार्यक्रमहरु कार्यन्वयनको प्रक्रियामा अगाडी वढ्ने प्रतिवद्दता जनाउनुभयो ।

झुलेनी युनाईटेड नेटवर्क मार्फत सहजीकरण गरेको कार्यक्रममा प्रमुख प्रशासकिय अधीकृत थानेश्वर भण्डारीले प्रगति प्रतिवेदन तथा आर्थिक प्रशासन शाखाका जित बहादुर हमाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहजिकरणको क्रममा संकलन गरिएका नागरिक प्रतिवेदन र वहिर्गमन प्रतिवेदन झुलेनी युनाइटेड नेटवर्कका एलबी थापाले प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक सुनुवाइका क्रममा प्यूठान नगरपालिकाका नागरिकले वजार केन्द्रीत विकासलाई गाउँतिर पनि समानुपातिक रुपमा अगाडी वढाउनुपर्ने, विकासनिर्माण तथा खेलकुलका कार्यक्रमहरुलाई गाउँमा पनि लगानी गर्नुपर्ने, नगरपालिकामा सेवाग्राहिको सहजिकरणका लागी सहजिकरण कक्ष निर्माण गर्नुपर्ने लगायतका सुझाव दिएका छन ।

नागरिक प्रतिवेदन, वर्हिगमित प्रतिवेदन र सार्वजनिक सुनुवाईको क्रममा उठेका सवालहरुको जवाफ दिदै नगरप्रमुख अर्जुनकुमार कक्षपतीले नगरपालिका भरका १० हजार घरधुरीलाई २० युनिट सम्म बिद्धुत महसुल छुट गर्ने, बजार क्षेत्रका हिलाम्य बाटो यहि आ.व. मा मर्मत गर्ने, सेवा प्रबाह चुस्त(दुरुस्त र सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रबाह सुनिस्चितता गर्ने, नागरिकको समस्या र गुनासो बुझ्न टोल(टोलमा पुगेर समाधान गर्ने, बिकास निर्माण छिटो छरितो र पारदर्शि रुपले सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सुनुवाइ कार्यक्रममा भौतिक पुर्वाधार, उद्यम विकास कार्यक्रम, विद्युतिकरण, कोरोना खोप, सडक र यातायात, विपन्न विद्यार्थिलाइ सहुलियत रुपमा पठन पाठन गराउनुपर्ने लगायतका विषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए ।

प्रमुख अथितीको आशनवाट वोल्दै जिल्ला समन्वय समितिको प्रमुख केशवराज आचार्यले प्यूठान नगरपालिकालाई सार्वजनिक सुनुवाई गरेकोमा धन्यवाद दिदै जनताप्रतिको जवाफदेहिता, सुशासन, पारदर्शिता कायम गर्न सवै सेवाप्रदायक निकायले अनिवार्य रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने वताउनुभयो ।

प्यूठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्यले प्यूठान नगरपालिकाले जनताको भावना, नगरपालिकाको आवश्यकता र स्थानिय सरकारको नीतिवमोजिम नगरक्षेत्रको भौतिक पुर्वाधार, नगरवासिको आर्थिक स्तर, स्वास्थ्य, शिक्षा, सरसफाई, रोजगारी तथा स्वरोजगारी श्रृजना लगायतका क्षेत्रहरुमा काम गरेको वताउनु भयो । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुरुवाईको औचित्यमाथी प्रकाश पार्दै उपमेयर आचार्यले नगरपालिकाका सकारात्मक कामको समर्थन र सुधार गर्नेपर्ने कामप्रति सुझाव दिनु नगरवासिको सवैभन्दा ठुलो सहयोग हुने वताउनु भयो ।

 

राजनीतिक दलको तर्फवाट वोल्दै नेकपा माओवादी केन्द्रकी नेतृ सरस्वती न्यौपानेले प्यूठान नगरपालिकाले जेष्ठ नागरिकको निशुल्क आँखा उपचार कार्यक्रम, सुत्केरीसंग नगरपालिका कार्यक्रम, हरेक वस्तिमा जोडने वाटो निर्माण, विपन्न वर्गको लागी स्वास्थ्यविमा लगायतका कार्यक्रमहरुले आधारभुत वर्गलागी प्रत्यक्ष लाभ पुर्याएको वताउनु भयो ।

 

राष्टिय जनमोर्चाका प्रतिनिधी ध्रुव थापाले स्थानिय सरकारको निर्वाचित अवधिको अन्तिम वर्ष रहेकाले खर्च प्रतिशतसंगै भौतिक पुर्वाधार निर्माण र जनजिवनमा आएको परिवर्तनको वारेमा पनि समिक्षा हुनुपर्ने वताउनु भयो । प्यूठान नगरपालिकाका सवै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, अन्य जनप्रतिनिधी, कर्मचारी, पत्रकार, नागरिक, स्थानिय लगायतको उपस्थितीमा सम्पन्न कार्यक्रम सञ्चालन पत्रकार एल.वि. थापाले गर्नुभएको थियो । कोरोना भाईरसको कारण जारी निशेधाज्ञालाई पालना गर्दै भौतिक दुरी, अनिवार्य मास्कको प्रयोग र आवश्यक सावधानिका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...