News Portal

रेडियो सुन्नुहोस्

सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत गयो एमाले

झुलेनी नेटवर्क १७ भाद्र २०७८ प्यूठान
६४७ पटक
१७ भाद्र २०७८ प्यूठान

नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले सर्वोच्चमा रिट दर्ता गरेको छ । निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)लगायतलाई विपक्षी बनाई रिट निवेदन दायर गरिएको हो ।

 

पार्टीले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुख सापकोटा र तिनै सांसदसहितको सनाखतबाट एमाले विभाजन गरेको भन्दैे निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । एमाले अध्यक्ष केपी ओलीले वारेसमार्फत बुधबार रिट दायर गरेका हुन्। निष्कासन गरिसकेका व्यक्तिले छुट्टै दल दर्ता गर्न नसक्ने रिटमा दाबी गरिएको छ ।

सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न भदौ १ गते संसद् सचिवालयमा पत्र पठाए पनि सभामुखले रोकेर राखेको र पछि कारबाही नहुने भनी गरिएको निर्णय कानुनविपरीत भएको रिटमा उल्लेख छ ।

कारबाही गरिएका सांसद र नेता झलनाथ खनालको दस्तखत बिना भदौ ४ गते छुट्टै दल दर्ताको निवेदन दिइएको रिटमा उल्लेख छ ।

सुरु निवेदनमा दस्तखत नै नभएका खनाललाई पछि नयाँ दल दर्ताका लागि आयोगले सनाखत गराउन नमिल्ने रिटमा दाबी गरिएको छ । रिटको पेसी शुक्रबारका लागि तोकिएको छ ।

 

 

 

अन्नपूर्ण

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...