News Portal

रेडियो सुन्नुहोस्

बाढीपहिरोले अवरुद्ध सडकखण्ड जोडिँदै : मेलम्ची

झुलेनी नेटवर्क  २०७८ असोज १ सिन्धुपाल्चोक
५१७ पटक
 २०७८ असोज १ सिन्धुपाल्चोक

मेलम्चीबाट शाखा रुटमा बस सञ्चालन हुन थालेको छ । मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीको पुल सञ्चालनमा आएसँगै पाँचपोखरी गाउँपालिका मेलम्ची नगर र इन्द्रावती गाउँपालिकालगायत विभिन्न स्थानमा जानका लागि सहज भएको छ ।

गत साउन १६ गते आएको बाढीले क्षति पु¥याएको बाहुनेपाटी पुल बिहीबारदेखि सञ्चालनमा आएको मेलम्चीका इञ्जीनियर जीतबहादुर कार्कीले जानकारी दिए । त्यस्तै मेलम्ची पारी झोलुङ्गेपुलबाट पाँचपोखरीको माथिल्लो भेग भोताङ, मानेखर्क, गुन्सा, धाप, तिपेनीलगायत स्थानमा यातायात सञ्चालनमा आएको पाँचपोखरी थाङ्पालका अध्यक्ष टासी लामाले जानकारी दिए ।

नेपालीहरूको महान् पर्व दशैँ नजिकिएसँगै व्यापारी केन्द्र र बजार क्षेत्रमा चहलपहल बढेको छ । त्यस्तै हेलम्बु गाउँपालिकामा पनि अवरुद्ध सडक सञ्चालनमा आएको छ । बिहीबारदेखि हेलम्बुको इचोक, ग्रेटट्रेल, तार्तुङ, कुटुङसाङलगायत ठाउँमा यातायातका साधन चलाउन सकिने हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

‘मेलम्ची नगरपालिकाको न्वारखोलामा पहिरोले अवरुद्ध सडक खुलाएदेखि हेलम्बुका विभिन्न ठाउँमा यातायात सञ्चालन गर्न सकिने छ, रातो पुल भएको स्थानमा पनि पुल निमार्णका लागि बजेट छुट्टिसकेकाले अब छिट्टै मेलम्ची तिम्बु पनि गाडीमा जान पाइन्छ, त्यसका लागि गृहकार्य सुरु गरेका छौँ’, अध्यक्ष शेर्पाले भने ।

त्यस्तै पाँचपोखरीका लागि पनि मेलम्ची क्षेत्रभित्र पर्ने सल्लेखोला नजिकै बाढीले कटान गरेको सडक निर्माण गरेमा काठमाडौँबाट सिधै भोताङ जान सकिने पाँचपोखरी थाङ्पालका सल्लाहकार विजय पौडेलले बताए ।

आजदेखि बाहुनेपाटी पुल सञ्चालनमा आएको जनाउँदै अवरुद्ध सल्लेखोला छेउ र न्वारखोला छेउको बाटो खुलाउन पनि काम सुरु भएको मेलम्चीका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए । अवरुद्ध सडक खुलाउन काम भइरहेको र कतिपय ठाउँमा काम सुरु भइसकेको जनाइएको छ । कतिपय ठाउँमा प्राविधिक अध्ययन भइरहेको छ । अब केही दिनमै अवरुद्ध सबै ठाउँको सडक सञ्चालनमा आउने धितालले जानकारी दिए ।

गत असार १ गते र त्यसपछि आएको बाढीका कारण सडक सञ्जालमा क्षति पुग्दा मानिसलाई आवतजावतमा समस्या हुँदै आएको छ । चाडपर्व नजिकिएसँगै मोटरबाटो निमार्णको कामले तीव्रता पाउँदा र अवरुद्ध सडक सञ्चालनका लागि काम भइरहेको भन्ने खबरले स्थानीयवासी खुशी हुन थालेका छन् ।

हेलम्बु गाउँपालिकाको चनौटेमा बेलीब्रिज जडानका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले रातोपुल बगाएको ठाउँमा बेलीब्रिज बन्ने भएको हो ।

गृह मन्त्रालयलाई पत्र लेख्दै अर्थ मन्त्रालयले अनुमानित लागत रु ९० लाख ५३ हजारको सीमाभित्र रहि सडक विभागको विनियोजित बजेट भित्रैबाट खर्च गर्न र बजेट अपुग भएमा थप बजेट व्यवस्थापनका लागि लेखी पठाउन भनेको छ । अर्थले गृह मन्त्रालयअन्तर्गतको विपद् अध्ययन, जोखिम तथा पुनर्लाभ शाखालाई पत्र लेखेको हो । बाढीले रातोपुल बगाएपछि त्यहाँका नागरिक निकै कष्टकर जीवन बिताइरहेका छन् ।

 

 

 

 

नेपाल प्रेस

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...