News Portal

रेडियो सुन्नुहोस्

संविधानलाई असफल पार्ने आन्तरिक र वाह्य प्रयास :ओली

झुलेनी नेटवर्क २०७८ असोज ०३ काठमाडौं
८७२ पटक
२०७८ असोज ०३ काठमाडौं

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न एमालेको भूमिका अतुलनीय रहेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ’नेपाली समाजलाई स्थायीत्व र समृद्धिको दिशामा अगाडि बढाउन संविधानले भूमिका खेलेको छ । सिंगो पार्टी गर्व गर्न चाहन्छ ।’

उनले संविधानको रक्षा, कार्यान्वयन र विकास गर्न एमाले प्रतिवद्ध रहेको बताए । उनले भने, ‘आन्दोलनका उपलब्धीहरुको संस्थागत गरेका छौं । राष्ट्रिय हितलाई रक्षा गर्दै एमाले दृढताका साथ अघि बढेको थियो । संविधानको रक्षा गर्दै दृढताका साथ अघि बढेका थियौं । ’

सर्वसहमतिले संविधान संशोधन गरिएको बताए । सर्वस्वीकार्य संविधानलाई अगाडि बढाउन एमालेले नेतृत्व गरेको बताए । उनले भने,‘संविधानलाई असफल पार्ने आन्तरिक र वाह्य प्रयास भए । तत्कालको विगत अत्यन्तै भयावह बनाउने कोशिस भयो । ती कोशिसहरु त लोकतन्त्रप्रति मजाक गर्ने काम भयो । ’

उनले राष्ट्रपति सर्वोच्च संस्था भएको भन्दै त्यस संस्थाप्रति हुर्मत लिने काम भएको बताए । उनले राष्ट्रपति संस्थाका अधिकार असंवैधानिक ढंगले कटौति गर्ने खालका कामहरु भएको बताए ।

उनले भने, ‘जनताका बीचमा ताजा जनादेशमा जानु प्रतिगमन हुने संविधान मिचेर जनादेशबाट प्रधानमन्त्री तोक्ने अग्रगमन १’ उनले संविधानको रक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताए । उनले भने, ‘पार्टी फोड्नका लागि अनेक तमासाहरु भए। अलोकतान्त्रिक, गैरसंवैधानिक क्रियाकलाप भए । संविधान रक्षा र कार्यान्वयनको सन्दर्भमा गम्भीर बाधा पैदा भएका छन् । हामी सजग र सतर्क हुनुपर्छ ।’

अध्यक्ष ओलीले सभामुख निष्पक्ष हुनुपर्ने भन्दै जालझेल षड्यन्त्र गर्न नहुने बताए । संविधानको अपव्याख्या गरिए कागजको खोस्टोमा परिणत हुने बताए ।

 

 

 

 

 

 

 

अन्नपूर्ण

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...