News Portal

रेडियो सुन्नुहोस्

संविधानलाई असफल पार्ने आन्तरिक र वाह्य प्रयास :ओली

झुलेनी नेटवर्क २०७८ असोज ०३ काठमाडौं
८४६ पटक
२०७८ असोज ०३ काठमाडौं

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न एमालेको भूमिका अतुलनीय रहेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ’नेपाली समाजलाई स्थायीत्व र समृद्धिको दिशामा अगाडि बढाउन संविधानले भूमिका खेलेको छ । सिंगो पार्टी गर्व गर्न चाहन्छ ।’

उनले संविधानको रक्षा, कार्यान्वयन र विकास गर्न एमाले प्रतिवद्ध रहेको बताए । उनले भने, ‘आन्दोलनका उपलब्धीहरुको संस्थागत गरेका छौं । राष्ट्रिय हितलाई रक्षा गर्दै एमाले दृढताका साथ अघि बढेको थियो । संविधानको रक्षा गर्दै दृढताका साथ अघि बढेका थियौं । ’

सर्वसहमतिले संविधान संशोधन गरिएको बताए । सर्वस्वीकार्य संविधानलाई अगाडि बढाउन एमालेले नेतृत्व गरेको बताए । उनले भने,‘संविधानलाई असफल पार्ने आन्तरिक र वाह्य प्रयास भए । तत्कालको विगत अत्यन्तै भयावह बनाउने कोशिस भयो । ती कोशिसहरु त लोकतन्त्रप्रति मजाक गर्ने काम भयो । ’

उनले राष्ट्रपति सर्वोच्च संस्था भएको भन्दै त्यस संस्थाप्रति हुर्मत लिने काम भएको बताए । उनले राष्ट्रपति संस्थाका अधिकार असंवैधानिक ढंगले कटौति गर्ने खालका कामहरु भएको बताए ।

उनले भने, ‘जनताका बीचमा ताजा जनादेशमा जानु प्रतिगमन हुने संविधान मिचेर जनादेशबाट प्रधानमन्त्री तोक्ने अग्रगमन १’ उनले संविधानको रक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताए । उनले भने, ‘पार्टी फोड्नका लागि अनेक तमासाहरु भए। अलोकतान्त्रिक, गैरसंवैधानिक क्रियाकलाप भए । संविधान रक्षा र कार्यान्वयनको सन्दर्भमा गम्भीर बाधा पैदा भएका छन् । हामी सजग र सतर्क हुनुपर्छ ।’

अध्यक्ष ओलीले सभामुख निष्पक्ष हुनुपर्ने भन्दै जालझेल षड्यन्त्र गर्न नहुने बताए । संविधानको अपव्याख्या गरिए कागजको खोस्टोमा परिणत हुने बताए ।

 

 

 

 

 

 

 

अन्नपूर्ण

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...