News Portal

रेडियो सुन्नुहोस्

१० दिने भ्रमण बिदा कार्यान्वयन गर्न हानकाे माग

झुलेनी नेटवर्क २०७८ असाेज १०, काठमाडाैँ
६४७ पटक
२०७८ असाेज १०, काठमाडाैँ

होटल तथा पर्यटन व्यवसायीहरुले कर्मचारीहरुलाई प्रदान गरिने भनिएको १० दिने काज भ्रमण बिदा यथाशीघ्र कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन् । आइतबार विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै होटल संघ नेपाल (हान) ले यस्तो आग्रह गरेको हो ।

 

संघमा आवद्ध पर्यटन व्यवसायीहरुले कोभिड–१९ ले थलिएको पर्यटन उत्थानका लागि पनि १० दिने काज भ्रमण अपरिहार्य भएको बताउँदै कार्यान्वयनमा पहल गर्न सरकारसँग आग्रह गरेको हो ।
सरकारद्धारा घोषित १० दिने भ्रमण काजसँगै अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था अबिलम्ब लागू गर्नुपर्ने व्यवसायीहरुले बताएका छन् ।

सो अवसरमा व्यवसायीहरुले लामो समयसम्म थला परेको पर्यटन विशेष गरी होटल उद्योग हाल नेपाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णयको स्वागत गर्दै सीमा नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्नेजस्ता प्रावधान हटाएकोमा होटल व्यवसायीहरु उत्साहित भएको हानले बताएको छ ।

सो अवसरमा व्यवसायीहरुले सम्पूर्ण सेवा बजारमा बढ्ने मागका आधारमा सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...