News Portal

रेडियो सुन्नुहोस्

मुस्ताङमा मार्फा खाेलाकाे पुल बगाउँदा पर्यटक अलपत्र

झुलेनी नेटवर्क २०७८ कार्तिक ०४
१००१ पटक
 २०७८ कार्तिक ०४

अविरल वर्षाका कारण आएको बाढीले मुस्ताङको घरपझोङ–२ मार्फामा अस्थायी पुल बगाएको छ । मार्फा खोलामा मंगलबार र बुधबार आएको बाढीले अस्थायी पुल बगाउँदा मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा स्थानीयले सास्ती व्यहोर्नु प¥यो।

मुस्ताङको मार्फामा खोलामा हुलुका सवारी साधनर मोटरसाइकल वारपार गर्न मिल्ने पुल गरी पुल निर्माण गरिएको थियो । पुल खोलाको बाढीले बगाएपछि दसैं पर्वको बिदामा मुस्ताङ घुम्न आएका पर्यटकलाई गन्तव्य पुग्न अप्ठ्यारो परेको थियो।

पहिलो दिनको बाढीले पुल बगाउँदा पुन अस्थायी पुल निर्माण गरी यातायात सेवा सूचारु गराउन संघीय सांसद प्रेमप्रसाद तुलाचनले पहल गरेका थिए । सांसद तुलाचनको पहलमा डोजरको बन्दोबस्त गरिएको थियो । यस्तै, अस्थायी पुल निर्माण गर्न सुरक्षाकर्मी र स्थानीयबासीले समेत सहयोग गरेका थिए। पहिलो दिन पुन सञ्चालनमा ल्याइएको अस्थायी पुल पुनः दोस्रो दिनको बाढीले बगाएको थियो। अहिले फेरि सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा अस्थायी पुल निर्माण गरी यातायात सुचारु गरिएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको मार्फा खोलामा गत असार महिनामा आएको बाढीले पटक÷पटक अस्थायी पुल बगाउँदा सवारी साधनलाई निकै सास्ती हुने गरेको थियो । पक्की पुल नबन्दा अस्थायी भरराष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकमा पर्ने मार्फा खोलामा निर्माणधिन पुल नबन्दा अस्थायी पुलकै भर पर्नुपर्ने बाध्यता छ । हिमढुङ ठोक्कर इमोटर जेभीले जिम्मा लिएको मार्फा खोलाको पक्की पुल सम्झौता अवधि सकिदा जम्मा आधा मात्र काम भएको करिडोर सडक आयोजनाले जनाएको छ ।

निर्माण कन्ट्रक्सनले २०७५ साल भदौ ६ गते घरपझोङको मार्फा खोला र वारागुङ मुक्तिक्षेत्रको नरसिंह खोलामा पक्की मोटरेबल पुल बनाउने जिम्मा लिएको थियो ।निर्माण कन्ट्रक्सनले दुबै पुल बनाउनका लागि २१ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाका अनुसार मार्फा खोलामा १२० मिटर र नरसिंह खोलामा ९० मिटरको पुल बनाउन कन्ट्रक्सनले जिम्मा लिएको थियो । सो दुबै पुलको सम्झौता अवधि २०७८ साल भदौ २० सम्म रहेपनि निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माणको कामले गति लिन नसकेको हो ।

मुस्ताङको मार्फामा खोलामा अझै निर्माण कम्पनीले मजदुर र उपकरण परिचालन गर्न सकेको छैन । मार्फा खोलामा पक्की मोटरेपुल निर्माण हुन सके वर्षायामको समय समेत यातायातका साधनलाई मुस्ताङ आउजाउ गर्न सहज हुने थियो।

 

अन्नपुर्णपाेष्ट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...