News Portal

रेडियो सुन्नुहोस्

मुस्ताङमा मार्फा खाेलाकाे पुल बगाउँदा पर्यटक अलपत्र

झुलेनी नेटवर्क २०७८ कार्तिक ०४
८४५ पटक
 २०७८ कार्तिक ०४

अविरल वर्षाका कारण आएको बाढीले मुस्ताङको घरपझोङ–२ मार्फामा अस्थायी पुल बगाएको छ । मार्फा खोलामा मंगलबार र बुधबार आएको बाढीले अस्थायी पुल बगाउँदा मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा स्थानीयले सास्ती व्यहोर्नु प¥यो।

मुस्ताङको मार्फामा खोलामा हुलुका सवारी साधनर मोटरसाइकल वारपार गर्न मिल्ने पुल गरी पुल निर्माण गरिएको थियो । पुल खोलाको बाढीले बगाएपछि दसैं पर्वको बिदामा मुस्ताङ घुम्न आएका पर्यटकलाई गन्तव्य पुग्न अप्ठ्यारो परेको थियो।

पहिलो दिनको बाढीले पुल बगाउँदा पुन अस्थायी पुल निर्माण गरी यातायात सेवा सूचारु गराउन संघीय सांसद प्रेमप्रसाद तुलाचनले पहल गरेका थिए । सांसद तुलाचनको पहलमा डोजरको बन्दोबस्त गरिएको थियो । यस्तै, अस्थायी पुल निर्माण गर्न सुरक्षाकर्मी र स्थानीयबासीले समेत सहयोग गरेका थिए। पहिलो दिन पुन सञ्चालनमा ल्याइएको अस्थायी पुल पुनः दोस्रो दिनको बाढीले बगाएको थियो। अहिले फेरि सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा अस्थायी पुल निर्माण गरी यातायात सुचारु गरिएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको मार्फा खोलामा गत असार महिनामा आएको बाढीले पटक÷पटक अस्थायी पुल बगाउँदा सवारी साधनलाई निकै सास्ती हुने गरेको थियो । पक्की पुल नबन्दा अस्थायी भरराष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकमा पर्ने मार्फा खोलामा निर्माणधिन पुल नबन्दा अस्थायी पुलकै भर पर्नुपर्ने बाध्यता छ । हिमढुङ ठोक्कर इमोटर जेभीले जिम्मा लिएको मार्फा खोलाको पक्की पुल सम्झौता अवधि सकिदा जम्मा आधा मात्र काम भएको करिडोर सडक आयोजनाले जनाएको छ ।

निर्माण कन्ट्रक्सनले २०७५ साल भदौ ६ गते घरपझोङको मार्फा खोला र वारागुङ मुक्तिक्षेत्रको नरसिंह खोलामा पक्की मोटरेबल पुल बनाउने जिम्मा लिएको थियो ।निर्माण कन्ट्रक्सनले दुबै पुल बनाउनका लागि २१ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाका अनुसार मार्फा खोलामा १२० मिटर र नरसिंह खोलामा ९० मिटरको पुल बनाउन कन्ट्रक्सनले जिम्मा लिएको थियो । सो दुबै पुलको सम्झौता अवधि २०७८ साल भदौ २० सम्म रहेपनि निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माणको कामले गति लिन नसकेको हो ।

मुस्ताङको मार्फामा खोलामा अझै निर्माण कम्पनीले मजदुर र उपकरण परिचालन गर्न सकेको छैन । मार्फा खोलामा पक्की मोटरेपुल निर्माण हुन सके वर्षायामको समय समेत यातायातका साधनलाई मुस्ताङ आउजाउ गर्न सहज हुने थियो।

 

अन्नपुर्णपाेष्ट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...