सर्वोच्च अदालतको मुख्य गेट अगाडि नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् ।
प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारका पदाधिकारी तथा वकिलहरु मूल गेट अगाडि बसेर धर्ना दिइरहेका हुन् ।
आफूहरुको आन्दोलन शान्तिपूर्ण भएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।
बिहीबार अदालत परिसरमा प्रहरीले हस्तक्षेप गरेको भन्दै बारले प्रधान्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।
उनीहरुले छातीमा विभिन्न नारा अंकित प्लेकार्ड टाँसेर धर्ना दिइरहेका छन् ।
कान्तिपुर