News Portal

रेडियो सुन्नुहोस्

सडक दुर्घटना घटाउन चालकलाई ‘टाईमकार्ड'(स्थान, दुरी र समयसहित)

सिखबर संवाददाता१६ आषाढ, प्यूठान
१८३४ पटक
१६ आषाढ, प्यूठान

सडक दुर्घटना न्यूनिकरण र यात्रुमैत्री सवारी व्यवस्थापनका लागि जिल्ला प्रहरि कार्यालय प्यूठानले ‘टाईमकार्ड’को सुरुवात गरेको छ।

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा एक कार्यक्रमको आयोजना गरि आजैदेखि लागु हुनेगरी साना सवारी साधनहरुको गति नियन्त्रण र दुर्घटना न्यूनिकरणका लागि यातायात व्यवसायी र यातायात मजदुरहरुको विचमा टाईमकार्डको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी डा. कृष्ण वहादुर घिमिरेले चालकले यात्रुलाई गर्ने व्यवहार सुधार गर्नुपर्ने र टाईमकार्डको अनिवार्य कार्यन्वयन गर्न निर्देशन दिनुभयो। टाईमकार्डको विषयमा जानकारी दिदै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेलले ट्राफिक नियमको उल्लंघन गर्ने र टाईम कार्डको प्रयोग नगर्नेलाई कानुन वमोजिम कारवाहि गर्ने वताउनु भयो। सडक दुर्घटना न्यूनिकरणका लागि प्रहरीले टाईम कार्डको सुरुवात गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरिक्षक देविप्रसाद पौडेलले जानकारी दिनुभयो।

जिल्लामा साना म्याजिक भ्यान थपिएसंगै यात्रुले लामो समय वाटोमा गाडि कुरिरहनु पर्ने समस्या घटेको थियो। भने म्याजिकको गति तिव्र भएकाले दुर्घटनाको जोखिम वढेको गुनासो वृद्धी भएको थियो।

टाईम कार्डमा उल्लेख गरीएको समय सिमा

सि.न.देखीसम्मदुरीनिर्धारीत समयकैफियत
१दरभानबडडाँडा१० कि.मि.४५ मिनेट 
२बडडाँडाचकचके१८ कि.मि.१ घण्टा 
३चकचकेभिगृ१७ कि.मि.४५ मिनेट 
४चकचकेबिजुवार११½ कि.मि.३० मिनेट 
५बिजुवारबागदुला३½कि.मि.१५ मिनेट 
६बागदुलाखलंगा७ कि.मि.३० मिनेट 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...