News Portal

रेडियो सुन्नुहोस्

सडक दुर्घटना घटाउन चालकलाई ‘टाईमकार्ड'(स्थान, दुरी र समयसहित)

सिखबर संवाददाता१६ आषाढ, प्यूठान
१५४४ पटक
१६ आषाढ, प्यूठान

सडक दुर्घटना न्यूनिकरण र यात्रुमैत्री सवारी व्यवस्थापनका लागि जिल्ला प्रहरि कार्यालय प्यूठानले ‘टाईमकार्ड’को सुरुवात गरेको छ।

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा एक कार्यक्रमको आयोजना गरि आजैदेखि लागु हुनेगरी साना सवारी साधनहरुको गति नियन्त्रण र दुर्घटना न्यूनिकरणका लागि यातायात व्यवसायी र यातायात मजदुरहरुको विचमा टाईमकार्डको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी डा. कृष्ण वहादुर घिमिरेले चालकले यात्रुलाई गर्ने व्यवहार सुधार गर्नुपर्ने र टाईमकार्डको अनिवार्य कार्यन्वयन गर्न निर्देशन दिनुभयो। टाईमकार्डको विषयमा जानकारी दिदै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेलले ट्राफिक नियमको उल्लंघन गर्ने र टाईम कार्डको प्रयोग नगर्नेलाई कानुन वमोजिम कारवाहि गर्ने वताउनु भयो। सडक दुर्घटना न्यूनिकरणका लागि प्रहरीले टाईम कार्डको सुरुवात गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरिक्षक देविप्रसाद पौडेलले जानकारी दिनुभयो।

जिल्लामा साना म्याजिक भ्यान थपिएसंगै यात्रुले लामो समय वाटोमा गाडि कुरिरहनु पर्ने समस्या घटेको थियो। भने म्याजिकको गति तिव्र भएकाले दुर्घटनाको जोखिम वढेको गुनासो वृद्धी भएको थियो।

टाईम कार्डमा उल्लेख गरीएको समय सिमा

सि.न.देखीसम्मदुरीनिर्धारीत समयकैफियत
दरभानबडडाँडा१० कि.मि.४५ मिनेट 
बडडाँडाचकचके१८ कि.मि.१ घण्टा 
चकचकेभिगृ१७ कि.मि.४५ मिनेट 
चकचकेबिजुवार११½ कि.मि.३० मिनेट 
बिजुवारबागदुला३½कि.मि.१५ मिनेट 
बागदुलाखलंगा७ कि.मि.३० मिनेट 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...