News Portal

रेडियो सुन्नुहोस्

सिप विकास प्रतिष्ठानको लागि मन्त्री सहितको टोली स्थलगत अवलोकनमा

सुजाता थापा क्षेत्री२०७८ मंसिर १३, प्यूठान
६६३ पटक
२०७८ मंसिर १३, प्यूठान

सिप विकास प्रतिष्ठान सञ्चालनको लागि आईतबार मल्लरानी गाउँपालिका बुढाचौर तथा खैराकोटमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का सहितको टोलीले स्थलगत अवलोकन गरेका छन । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९को बजेटमा सिप विकास प्रतिष्ठान सञ्चालनको लागि स्वीकृत गरेको छ ।

उक्त प्रयोजनका लागि प्रदेश सरकारले २ करोड बजेट विनियोजन गरेको मन्त्री खड्काले बताए । सोही विषय सम्बन्धी आईतबार जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा बसेको बैठकमा बोल्दै आवश्यक बजेट थप गर्नु परेमा मन्त्री खड्काले सहजीकरण गर्ने बताए । यस कार्यक्रमले खलंगाको मात्र विकास नभई समग्र प्यूठानको विकासको लागि महत्वपुर्ण भुमिका खेल्ने मन्त्री खड्काले बताए ।
बैठकको आयोजना जिल्ला प्रशासन कार्यालय प्यूठानले गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुषासलले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्यूठान जिल्ला सबैको पायक पर्ने भएको र हावा पानी स मेत मिलेको वातावरण भएकोले यहाँ प्रतिष्ठान स्थापनाका लागि छनौटमा परेको बताए । मल्लरानी गाउँपालिकाले जग्गा प्राप्तीका लागि सहजीकरण गर्ने र समग्र प्यूठान जिल्लाको विकास जोडिएका कारण सहयोग गर्ने जिल्ला समन्वयका प्रमुख केशवराज आचार्यले बताएका छन ।

पछिल्लो समय युवाहरु सिपविहिन र बेरोजगार भएकोले यस कार्यक्रमबाट युवाहरुले लाभ लिने कार्यक्रमका सहभागीहरुको भनाई थियो । प्रतिष्ठानले यस्ता युवाहरुलाई सिपमुलक तालिम दिई दक्ष जनशक्ति निर्माण गर्न महत्वपुर्ण योगदान पुग्ने उनीहरुको भनाई थियो ।

सिप बिना बैदेशिक रोजगारीमा जाँदा समस्यामा परीने भएकाले यो कार्यक्रम कार्यान्वयन गर्नुपर्ने सबैको माग थियो । सहभागीहरुले सिप भए स्वदेशमै पनि स्वरोजग बन्न सकिने भएकाले प्यूठानबाट मन्त्री पाएको हुँदा जतिजसक्दो चाँडो कार्यान्वयनमा ल्याउन आग्रह थियो । कार्यक्रम कार्यान्वयनका लागि जग्गा प्राप्ती देखि आवास व्यवस्थापनसम्म स्थानीयवासीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

स्थलगत अवलोकनमा मन्त्री खड्का, मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य, प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपति, प्रहरी नायव उपरिक्षक सत्यनारायण थापा, शसस्त्र प्रहरी नायव उपरिक्षक यज्ञ बस्नेत लगायतको टोलीले स्थलगत भ्रमण गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...