News Portal

रेडियो सुन्नुहोस्

सिप विकास प्रतिष्ठानको लागि मन्त्री सहितको टोली स्थलगत अवलोकनमा

सुजाता थापा क्षेत्री२०७८ मंसिर १३, प्यूठान
८७० पटक
२०७८ मंसिर १३, प्यूठान

सिप विकास प्रतिष्ठान सञ्चालनको लागि आईतबार मल्लरानी गाउँपालिका बुढाचौर तथा खैराकोटमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का सहितको टोलीले स्थलगत अवलोकन गरेका छन । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९को बजेटमा सिप विकास प्रतिष्ठान सञ्चालनको लागि स्वीकृत गरेको छ ।

उक्त प्रयोजनका लागि प्रदेश सरकारले २ करोड बजेट विनियोजन गरेको मन्त्री खड्काले बताए । सोही विषय सम्बन्धी आईतबार जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा बसेको बैठकमा बोल्दै आवश्यक बजेट थप गर्नु परेमा मन्त्री खड्काले सहजीकरण गर्ने बताए । यस कार्यक्रमले खलंगाको मात्र विकास नभई समग्र प्यूठानको विकासको लागि महत्वपुर्ण भुमिका खेल्ने मन्त्री खड्काले बताए ।
बैठकको आयोजना जिल्ला प्रशासन कार्यालय प्यूठानले गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुषासलले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्यूठान जिल्ला सबैको पायक पर्ने भएको र हावा पानी स मेत मिलेको वातावरण भएकोले यहाँ प्रतिष्ठान स्थापनाका लागि छनौटमा परेको बताए । मल्लरानी गाउँपालिकाले जग्गा प्राप्तीका लागि सहजीकरण गर्ने र समग्र प्यूठान जिल्लाको विकास जोडिएका कारण सहयोग गर्ने जिल्ला समन्वयका प्रमुख केशवराज आचार्यले बताएका छन ।

पछिल्लो समय युवाहरु सिपविहिन र बेरोजगार भएकोले यस कार्यक्रमबाट युवाहरुले लाभ लिने कार्यक्रमका सहभागीहरुको भनाई थियो । प्रतिष्ठानले यस्ता युवाहरुलाई सिपमुलक तालिम दिई दक्ष जनशक्ति निर्माण गर्न महत्वपुर्ण योगदान पुग्ने उनीहरुको भनाई थियो ।

सिप बिना बैदेशिक रोजगारीमा जाँदा समस्यामा परीने भएकाले यो कार्यक्रम कार्यान्वयन गर्नुपर्ने सबैको माग थियो । सहभागीहरुले सिप भए स्वदेशमै पनि स्वरोजग बन्न सकिने भएकाले प्यूठानबाट मन्त्री पाएको हुँदा जतिजसक्दो चाँडो कार्यान्वयनमा ल्याउन आग्रह थियो । कार्यक्रम कार्यान्वयनका लागि जग्गा प्राप्ती देखि आवास व्यवस्थापनसम्म स्थानीयवासीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

स्थलगत अवलोकनमा मन्त्री खड्का, मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य, प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपति, प्रहरी नायव उपरिक्षक सत्यनारायण थापा, शसस्त्र प्रहरी नायव उपरिक्षक यज्ञ बस्नेत लगायतको टोलीले स्थलगत भ्रमण गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...