News Portal

रेडियो सुन्नुहोस्

लुप्लुङको देवाली हेर्न गएका युवक मृत भेटिए

झुलेनी नेटवर्क२०७८ मंसिर २६
१२४५ पटक
२०७८ मंसिर २६

नौबहिनी गाउँपालिका ८, लुप्लुङमा एक जना युवकको मृत अवस्थामा सब फेला परेको छ । लुप्लुङ देखि तल धुवाखर्क नजिकै खोलामा प्यूठान नगरपालिका ८, निवासी ३२ वर्षका मोहन महतरा आइतवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

मृतक महतरा शुक्रवार राती लुप्लुङको दिवाली र्हेनका लागि गएका थिए । मेलामा करिब राती २ बजेतिर प्यूठान नगरपालिका ८ कै दुई समुह बिच झडप भएको बताइएको छ । मृत भेटिएका युवक झडप भएदेखि करिब ४ बजेपछि सम्पर्क बिहिन रहेको उनका आफन्तले बताएका छन् ।

शनिवार दिनभर खोजतलास गर्दा पनि नभेटिएका महतरा आइतवार मृत अवस्थामा फेला परेका हुन् । घटना स्थलमा आज दिउसो इलाका प्रहरी कार्यालय लुङबाट प्रहरी पुगेर मुचुल्का उठाउने कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत भेटिएका युवकको शरीरमा चोटपटक लागेको छ ।

युवकको शरीरभरी चोटपटक लागेकाले हत्या गरेर कसैले फालेको हुनसक्ने मृतकका आफन्तले बताएका छन् । घटनाको बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...