News Portal

रेडियो सुन्नुहोस्

उद्योग वाणिज्य संघकाे चुनाबि चहलपहल तिब्र : आज मतदान हुँदै

झुलेनि पोष्ट२०७८ पुस १०
११२७ पटक
२०७८ पुस १०

प्युठान उद्योग वाणिज्य संघकाे ११ ओ अधिवेशनको चहलपहल बढेको छ । निर्बाचका लागि ब्यवसायिहरू दुई प्यानल बनाएर होमिएका छन ।
निर्वाचनमा एमाले, कांग्रेस र राप्रपाका निकट ब्यवसायिले संयुक्त ब्यवसायिक लोतान्त्रिक प्यानल बनाएका छन भने राजमो, माओवादि केन्द्र र मोहन वैद्य निकट नेपाल कम्युनिष्ट पार्टि (क्रान्तिकारि माओवादि) ले व्यसायिक संयुक्त प्यानल बनाएका छन ।
शुक्रवारदेखि दुबै प्यानलले प्रचार प्रसार तिब्र बनाएका छन । लोतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा एमाले निकट पशुपति नारायण नकर्मि, बरिस्ठ उपाध्यक्ष पदमा काङ्ग्रेस निकट प्रमाेद पाेख्रेल महासचिव र उपमहासचिवमा एमाले निकटका सन्देश आचार्य र सुर्यचन्द्र खनाल निर्बाचनमा हाेमिएका छन । कोषाध्यक्ष पदका काङ्ग्रेस निकट ऋषिराम अधिकारिले उम्मेदवारी दिएका छन ।
एमाले निकट रेसम केसि प्रथम उपाध्यक्ष र काङ्ग्रेस निकट दधिराम भन्डारि द्वितिय उपाध्यक्षमा निर्बिराेध निर्बाचित भइसकेका छन।
ब्यवसायिक संयुक्त प्यानलबाट अध्यक्ष पदमा एमाओवादि निकट यज्ञ बहादुर केसि, वरिष्ठ उपाध्यक्ष पदमा राजमो निकट कृष्णभक्त गिरि, महासचिव पदमा एमाओवादि निकट पुर्णचन्द्र सुवेदी, उप महासचिव पदमा क्रानतिकारि माओवादि निकट गोबिन्दराज पोख्रेल र कोषाध्यक्ष पदमा राजमो निकट झवेन्द्र शर्माले उम्मेद्वारि दिएका छन ।
जिल्ला समन्वय समितिको सभाहल खलंगामा हुन लागेको अधिवेशन स्थल नजिक दुबै प्यानलले सचिवालय स्थापना गरि बिहानैदेखि प्रचार प्रसार गरिरहेका छन । आयोजकका अनुसार शनिवार दिउसोबाट मतदान सुरू हुनेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...