News Portal

रेडियो सुन्नुहोस्

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

झुलेनी नेटवर्क१६ पुस, दाङ
७५१ पटक
१६ पुस, दाङ

दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर–६ का अन्दाजी ३२/३३ वर्षका सुमन केसीको मृत्यु भएको हो ।

आज बिहान करिब चार बजेतिर गाडीले ठक्कर दिएर घाइते भएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

ठक्कर दिने गाडीको पत्ता लागेको छैन । शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषीको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर–हापुरे सडकखण्ड अवरुद्ध गरेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...