News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : सहिद पार्कमा सरसफाई गर्ने कसले हो !

विजुवार गाँजुरीको सहिद पार्कमा निर्मित वाटर फाउन्टेनमा मोटर बिग्रेपछि जम्मा भएको फोहोर।

झुलेनी नेटवर्क२०७८ पुस २८, प्यूठान
९८८ पटक
२०७८ पुस २८, प्यूठान

प्यूठान नगरपालिका ४, विजुवार गाँजुरीमा तामझामका साथ सहिद पार्क निर्माण गरीयो । भब्य रुपमा समुद्घाटन पनि भयो । निर्माण सम्पन्न भएको पनि वर्षौ बित्यो । वाटर फाउन्टेन, सहिद पार्क लगायत यहाँ आकर्षणका लागि थुप्रै भौतिक पुर्वाधार पनि निर्माण भएका छन् ।

प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगरपालिका, डिभिजन वन कार्यालय खलंगा लगायतले पार्क निर्माणका लागि लगानी गरेका हुन् । निर्माण सम्पन्न भएपछि यसको संरक्षण र सरसफाइमा कसैको ध्यान पुगेको छैन । वाटर फाउन्टेनमा मोटर बिग्रेर माटोको लेदो जमेको छ ।

पार्क परिसरमा प्लास्टिक कागज, बोतल लगायत फोहोर यत्रतत्र फालिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नौलो गन्तब्य रहेको यसको संरक्षण कसले गर्ने भन्ने पनि एकिन छैन । लाखौं रकम खर्चेर निर्माण गरीएको यस पार्कबाट एक रुपैयाँ पनि आम्दानी हुन सकेको छैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...