News Portal

रेडियो सुन्नुहोस्

कक्षाकोठामा टेलिभिजन चिप्लेटी र साईकल (भिडियोसहित)

हरि भण्डारी२६ असार,प्यूठान
१९१२ पटक
२६ असार,प्यूठान

साना वालवालिकाहरुलाई विद्यालयमा आकर्षित गर्न उनीहरु खेल्नका लागि कक्षाकोठामै चिप्लेटी र साईकल राखिएको छ। विद्यालय जाने वानी वसाउनका लागि वालवालिकाहरुका लागि कक्षाकोठाभित्रै चिप्लेटी, साईकल र टेलिभिजन राखिएको हो। माण्डवी गाँउपालिकामा रहेको माण्डवी मा. वि. नयाँगाउँमा ५ वर्षसम्मका बालबालिका पालैपालो कक्षाकोठामै साईकल चलाउने, टिभि हेर्ने र पालैपालो चिप्लेटीमा रमाउने गर्दछन्।

ति सामान ल्याएपछि वालवालिका कक्षाकोठामै रमाउने गरेको विद्यालयकी शिक्षिका भगवता कार्कीले वताउनु भयो। साना नानीवावु विद्यालय आउने वानी वसाउनका लागि खेलकुद सामाग्री सहयोगी वनेका छन्। पहिले कक्षामा आउनेवित्तिकै घर फर्किन खोज्ने वालवालिकाहरु ति सामाग्री ल्याएपछि विद्यालयमै वस्न मन पराउने गरेको प्लेग्रुपमा वालवालिकासंगै रहेकी शिक्षिका गोमा अधिकारीले वताउनु भयो।

टेलिभिजन हेर्दै पढ्दै वालवालीका

प्लेग्रुपमा अहिले ३३ जना विद्यार्थी रहेका छन्। वालवालिकालाई खेल्दै सिक्दै गर्न प्रेरित गर्ने उद्धेश्यले ति सामाग्री भित्राएको विद्यालयका प्रधानाध्यापक मेघराज पौडेलले वताउनु भयो। साथै सहजकर्ताको वालवालिकामैत्री व्यवहारको निगरानी र मुल्यांकनका लागि कक्षाकोठामा सिसिटिभी क्यामेरा पनि जडान गरिएको छ। सहजकर्ता(शिक्षक)को वालवालिकाहरुसंगको व्यवहार हेरेर उनीहरुलाई थप सल्लाह दिने गरिएको प्रधानाध्यापक पौडेलले वताउनु भयो।

चिप्लेटीमा रमाउदै वालवालीका

वालवालीकालाई पढाईमा ध्यान केन्द्रित गर्न कक्षाकोठामा टेलिभिजन पनि जडान गरिएको छ। उनिहरु टेलिभिजन हेदै पढ्दै गर्दछन्। हेर्नुहोस तल रहेको भिडियो कसरी उनिहरु रमाउदै पढ्दै गरिरहेका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...